प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई उम्मेदवार छान्न सकस पर्ने देखिएको छ । आकांक्षीहरु धेरै हुँदा एमालेलाई गठबन्धनको सामना गर्नुभन्दा पनि उम्मेदवार चयन नै चुनौतीपूर्ण हुने देखिएको हो । जिल्लाको पूर्वी भाग क्षेत्र नम्बर १ मा पर्दछ भने पश्चिमी भाग अर्थात् लोहोरे खोलाभन्दा पश्चिम क्षेत्र नम्बर २ मा पर्दछ । क्षेत्र नम्बर १ को तुलनामा २ मा एमालेका आकांक्षीहरु सशक्त र अत्यधिक छन् ।क्षेत्र नम्बर १ मा यी हुन् आकांक्षीजिल्ला सदरमुकामसमेत रहेको क्षेत्र नम्बर