चाकडी र भनसुनबाटै उदाएका मरासिनी : राज्यबाट लाभ लिनेमा पहिलो, काम सधैं विवादित !

२०७४ सालको वैशाख अन्त्यतिर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का आर्थिक सल्लाहकार रहेका श्रीराम पौडेलले आफ्ना ज्वाईंकै लागि भनेर न्यूयोर्क कन्सुलेट अफिसमा सहसचिवको दरबन्दी सिर्जना गर्न लगाए। परराष्ट्रको उपसचिवबाट काम चलिरहेको कन्सुलेट अफिसमा जागिर खाने 'ज्वाईंराजा'को इच्छा भएपछि पौडेलले प्रचण्डमार्फत त्यसअघि नभएको पद सिर्जना गरेर राज्यकोषबाट मासिक दशलाख भन्दा बढीको व्ययभार थपे । हुलाकमा शाखा अधिकृत हुँदा भनसुनमै जर्मनीमा अध्ययन गर्ने मौका पाएका ती 'ज्वाईंराजा' आफ्नो स्वार्थका लागि जो शक्तिमा छ, उसैलाई चिल्लो घस्न जान्ने प्रवृत्तिकै कारण राजस्वको उपसचिव हुँदा पनि तीन वर्ष सरकारी खर्चमा अष्ट्रेलिया पढ्न जाने मौका पाएका थिए । ज्वाईं-जेठान, मामा-भान्जा, काका-भतिज जस्ता निकै धेरै साइनो लगाएर आफ्नो ग्रह दाहिना गराउन खप्पिस ती ज्वाईंराजा अरू कोही होइनन्, अनधिकृत रूपमा दुई जना व्याक्तिलाई अर्थमन्त्रालय छिराएर राजश्वका दर हेरफेर गराउने र त्यसको सीसीटीभी फूटेज डिलेट गर्न लगाउने तत्कालीन अर्थमन्त्री शर्माका 'मतियार' अर्थसचिव मधुकुमार मरासिनी हुन् । आफ्नो स्वार्थका लागि शक्तिकेन्द्रको चाकडी गरिहाल्ने स्वभावका मरासिनी कर्मचारी वृत्तमा 'विशेषाधिकार प्राप्त' मानिन्छन् । उनी भनसुनकै आधारमा सार्क विकास कोषको संचालक समितिको अध्यक्ष भइसकेका छन् भने नेपालका तर्फबाट एसियाली पूर्वाधार लगानी बैंकको प्रमुख वार्ताकार पनि बनेका थिए । भनसुन र नाता सम्बन्ध लगाएर विश्व बैंकको बोर्डमा नेपालले पाउने पालोमा तीन वर्षका लागि प्रतिनिधित्वसमेत गरेका मरासिनी २०७४ सालमा न्युयोर्कको कन्सुलेट अफिसमा आफ्नै लागि सिर्जना गरिएको दरबन्दीमा बसेर करोडौं रुपैयाँ राज्यकोषलाई भार थप्ने कर्मचारी हुन् ।न्यूयोर्क जानुअघि मरासिनी बजेट महाशाखाका हाकिम थिए । माओवादी केन्द्रलाई पैसा जुटाइदिने मुख्य स्रोत बनेका मरासिनीलाई त्यसैको उपहारस्वरूप न्यूयोर्क पठाउन लागिएको हल्ला त्यतिबेलै चलेको थियो । सरकारी जागिर खाएर विदेशमा १३ वर्ष भन्दा बढी बस्न पाउने एकमात्र कर्मचारीका रूपमा मरासिनीलाई लिइन्छ । अर्थमन्त्रालयका एक अधिकृतले भने, 'खै कसैले त भाग्यमै लेखेर ल्याएका हुने रहेछन् क्या हो, मधु सरजस्तो जताततै लाभै लाभ भएको कर्मचारी मैले आजसम्म देखेको छैन ।'२०६५ सालमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका बाबुराम भट्टराईका सल्लाहकार रहेका श्रीराम पौडेलको भान्जी ज्वाईं भएकैले मरासिनीले विश्व बैंकमा तीन वर्षका लागि नेपालको प्रतिनिधित्व गर्न पाएका हुन् । त्यहाँबाट फर्केपछि मरासिनीलाई सहसचिवमा बढुवा गरियो । सहसचिव हुँदा पनि मालदार मानिने राजश्व अनुसन्धान विभाग र आन्तरिक राजश्व विभागमा माथिल्लै तहको जिम्मेवारी उनले पाएका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका वर्षमान पुनलाई पनि दाहिना बनाउन सफल मरासिनीले आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी लिन सफल भए । पटकपटक लाभ लिएका मरासिनीलाई ओली नेतृत्वको सरकारले योजना आयोग सरुवा गरेपनि त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्नेबित्तिकै पुन: बजेट महाशाखा छिरे । राजश्व अनुसन्धान विभाग र बजेट महाशाखामा रहँदा मरासिनीमाथि वित्तीय अनुशासन ध्वस्त पारेको आरोप लागेको थियो । विलासी जीवन जिउन रुचाउने मरासिनीले बजेट महाशाखामा रहँदा बहालवाला प्रधानमन्त्री र अर्थमन्त्रीलाई रिझाएर आवश्यक नै नपर्ने ठाउँमा बजेट हाल्न दबाब दिने गर्दथे । उनले प्रचण्डकी बुहारी बिना मगरको निर्वाचन क्षेत्रमा बजेटमै नभएको करोडौं रुपैयाँ बराबरको योजना पार्न लगाएका थिए । राज्यबाट पटक-पटक लाभ लिएका र छिटै प्रलोभनमा पर्ने स्वभाव भएकैले जनार्दन शर्मा अर्थमन्त्री बनिसकेपछि तत्कालीन सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुर्याएर मरासिनीलाई सचिवका रूपमा अर्थमन्त्रालय भित्र्याइएको थियो।'राज्यद्रोह'कै आरोपमा छानबिन गर्नुपर्ने आवाज उठेपछि राजीनामा दिएका शर्मामाथि छानबिन गर्न यतिबेला ११ सदस्यीय संसदीय समिति गठन भएको छ । उक्त समितिले अर्थमन्त्रालयको निरीक्षण र सम्बन्धित कागजपत्र मागेर अध्ययन थाल्ने तयारी गरेको छ । सचिव मरासिनी भने शर्मासँगको संगतका कारण आफूमाथि लागेको दाग मेट्न यतिबेला शक्तिकेन्द्रमा दौडधूप गरिरहेका छन् ।बजेट सार्वजनिक हुनुअघि अर्थ मन्त्रालयमा एकजना पूर्व सुब्बा रघुनाथ घिमिरे र अर्का भारतीय नागरिक उपेन्द्र हैरावतलाई शर्माले मन्त्रालय भित्र्याएर सचिव मरासिनीकै उपस्थितिमा राजश्वका दरहरू हेरफेर गर्न लगाए । सीमित व्यापारी र व्यवसायीलाई पोस्न करका दरहरूमा कैंची लगाउने क्रममा शर्माका मतियार बनेका मरासिनी शर्मा मन्त्रालयबाट राजीनामा दिएर निस्केपछि प्रधानमन्त्री शेरबहादुर देउवाको जिम्मेवारीमा थपिएको अर्थमन्त्रालयका फाइल बोकेर दिनहुँ बालुवाटार जाने र आउने काममा सीमित भएका छन् ।तत्कालीन अर्थमन्त्री शर्माले सीसीटीभी फूटेज डिलेट गर्नेबारे लिएको सुझावपछि मरासिनीले सूचना प्रविधि शाखाका एक कर्मचारीलाई ठाडो आदेश दिएर फूटेज डिलेट गर्न लगाएको अर्थ मन्त्रालय स्रोतको दाबी छ । त्यतिबेला शर्मा र आफूविरुद्धको प्रमाणलाई जडैदेखि खत्तम गर्ने प्रयास गरेका मरासिनीमा समितिको छानबिन शुरू भएपछि भने छट्पटी बढेको छ।यस अगाडी :- सीसीटीभी प्रकरणमा डामिने डरमा सचिव: पहिला 'गो अहेड', अहिले शक्ति केन्द्रसँग हारगुहार

सम्बन्धित सामग्री

महाकाली नदी किनारामा भारतले बनाइरहेको संरचनाको काम रोक्ने सहमति

२१ मंसिर, धनगढी । दार्चुलामा महाकाली नदीको किनारमा भारतले एकतर्फी रुपमा गरिरहेको तटबन्धको काम रोक्ने सहमति भएको छ । बुधबार भारतको धार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा विवादित क्षेत्रमा तत्काल काम रोक्ने सैद्धान्तिक सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । ‘विवादित ठाउँमा काम रोकेर अघि बढ्ने, भारतीय पक्षले निर्माण गरेका तथा […]

विवादित ‘टाइगर प्यालेस ’ होटलमा प्राइम बैंकको शङ्कास्पद लगानी

भैरहवास्थित निर्माणाधीन तर विवादित होटल ‘टाइगर प्यालेस’ मा प्राइम बैंकको शङ्कास्पद लगानी देखिएको छ । हङकङमा हेडक्वर्टर सिल्भर हेरिटेज लिमिटेडद्वारा निर्माणाधीन सो होटलको लगानीबारे विवाद चलिरहेकै बेला यता प्राइम बैंकले भने आँखा चिम्लिएर लगानी गरेको पाइएको हो ।नेपालमा पर्यटन पूर्वाधार तथा जलविद्युतमा लगानी गर्ने उद्देश्यसहित भित्रिएको सिल्भर हेरिटेज ईन्भेस्टमेन्ट प्रालिले नेपाली लगानीकर्तासँग साझेदारी गरेर केही समय अघि कम्पनी दर्ता गरेको थियो । होटल पर्यटन क्षेत्रमा काम गर्ने भन्द

नवनियुक्त मन्त्रीलाई विवादित काम नगर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई प्रशिक्षण दिनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उहाँले विवादित काम नगर्न निर्देशन दिनुभएको हो । अध्यक्ष नेपालले सहरी विकासमन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिनुभएको […]

संसदीय समितिमा गुणात्मक काम भएको छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिले कानुन निर्माणलगायत जनहितका लागि उत्साह, परिश्रम र मिहिनेतका साथ काम गरिरहेको बताएका छन् । विधायन व्यवस्थापन समितिको आजको बैठकमा समितिबाट भए गरेका कामको प्रगति र अभ्यासको जानकारी लिएपछि उनले राष्ट्रियसभा मातहतका समितिले घनिभूत र गुणात्मक ढङ्गबाट कानुन निर्माण गरिरहेको उल्लेख गरे । उनले भने, ‘दलहरुबीच विवादित भएका […]

वीपी प्रतिष्ठानका पदाधिकारीलाई काम नगर्न सरकारको निर्देशन

सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विवादित पदाधिकारीहरुलाई काम नगर्न निर्देशन दिएको छ।...

स्वास्थ्यमन्त्रीको विवादित निर्णय : आफ्ना ल्याउन डा. रावललाई काम गर्न रोक

२५ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका उपकुलपति डा. मंगल रावललाई कामकाजमा रोक लगाएका छन् र, डा. निमेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् । प्रतिष्ठानमा राम्रो काम गरिरहेका डा. रावललाई राजनीतिक प्रतिशोध साध्नकै लागि मन्त्री खतिवडाले कामकाजमा रोक लगाएको मन्त्रालयकै अधिकारीहरु बताउँछन् । प्रतिष्ठानका कर्मचारीहरुले पनि स्वास्थ्यमन्त्री […]

‘प्रधानन्यायाधीशका विवादित काम संसदले छानबिन गर्नुपर्छ’

सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह पूर्वन्यायाधीश फोरम, नेपालका अध्यक्ष छन् । पूर्वन्यायाधीशहरुले खोलेको यो संस्थाले बेलाबेलामा न्याय, कानून र संवैधानिक विषयवस्तुमा आफ्नो धारणा सार्वजनिक गर्छ । न्याय र विधीशास्त्रसम्बन्धी पुस्तकका लेखक समेत रहेका सिंहले नेतृत्व गरेको फोरमले शुक्रबार न्यायिक नेतृत्वको कामकारवाही र क्रियाकलापमाथि कडा शब्दमा टिप्पणी गर्दै प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गर्‍यो । अनि, छानविनका […]

मन्त्रीलाई माधव नेपालको निर्देशन : बदनाम हुने काम नगर्नुस्

२४ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई विवादित र बदनाम हुने काम नगर्न निर्देशन दिएका छन् । मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर अधयक्ष नेपालले पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न निर्देशन दिएका हुन् । ‘बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि कामहरु तपाईंहरुबाट हुने […]

कांग्रेसले विवादित क्रियाशील सदस्यता टुंगो लगाउन नयाँ मापदण्ड बनाउने

नेपाली कांग्रेसले विवादित क्रियाशील सदस्यता टुंगो लगाउन नयाँ मापदण्ड बनाउने भएको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले मापदण्ड बनाएर क्रियाशील सदस्यताको विवाद टुंग्याउने निर्णय गरेको हो ।  आगामी पाँच दिनभित्रमा मापदण्ड र कार्यतालिकासमेत सार्वजनिक हुने कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । ‘क्रियाशील सदस्यता विवाद टुंगो लगाउन मापदण्ड बनाउने निर्णय भएको छ । त्यहीअनुसार काम पनि भइरहेको छ । पाँच दिनमा मापदण्ड र महाधिवेशनको नयाँ कार्यताल...