मर्दी पदयात्रा मार्गको स्तरोन्नति

गण्डकी - मर्दी हिमाल पदयात्रा मार्गमा कोभिड १९ कहरकाबीचमा पनि स्तरोनतिका काम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रुपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोन्नाेतिका काम अघि बढेका हुन् । पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यकोसमेत चासो पुगेको यस …

सम्बन्धित सामग्री

मर्दी पदयात्रामा पर्यटकको घुइँचो, होटल तथा रेष्टुरेन्ट भरिभराउ

कास्की । कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको यतिबेला घुइँचो लागेको छ । दशैंअघिदेखि नै यस पदयात्रामा पर्यटकको आगमन बढ्दा होटल तथा रेष्टुरेन्ट भरिभराउ भएका छन् । घटस्थापनादेखि आन्तरिक तथा बाह्य पर्यटक आगमन शुरु भएकामा दशैंको टीकाको भोलिपल्टदेखि पर्यटक आगमन ह्वात्तै बढेको व्यवसायीले बताएका छन् । मर्दी पदयात्रा छोटो समयमा गर्न सकिने उत्कृष्ट पदयात्राभित्र पर्दछ । पोखराबाट तीन दिन दुई रातमा पदयात्रा सकेर फर्किन सकिने भएकाले समेत अधिकांशको रोजाइमा पर्ने गरेको छ । हातले समाउन सकिएलाझैं लाग्ने गरी आँखै अघि ठडिएका हिमशृङ्खला अनि हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीले पर्यटक तानेको छ । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले पर्यटक लाभिने गरेका छन् । कुमारी माछापुच्छ्रे हिमालसहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बर्सेनि बढ्ने गरेको छ । मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले दैनिक चार सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकले अहिले मर्दी पदयात्रा गर्ने गरेको बताए । उनका अनुसार पर्यटक आगमन बढेसँगै व्यवसायीलाई उनीहरूको स्वागत सत्कार र आतिथ्यतामा भ्याइनभ्याइ छ । ‘कोभिडले थला परेको पर्यटनलाई अहिलेको पर्यटक आगमन बढ्दा उत्साहित भएका छौं । दशैंको भोलिपल्टदेखि हामीलाई पर्यटकको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ,’ तामाङले भने ।  मर्दी पदयात्रामा ६० वटा होटल तथा रेष्टुरेन्ट छन् । यहाँ दैनिक पाँच सय ५० हाराहारीमा पर्यटकलाई बास बस्न सक्ने क्षमता छ । कुनै दिन पर्यटक आगमन दैनिक पाँच सयभन्दा बढी हुने गरेको बताइन्छ ।  दुई दिनअघि मर्दीको पदयात्रा गरेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मर्दीको पदयात्रा गर्दा आफू रोमाञ्चित बनेको बताए । ‘भ्यू प्वाइन्ट’बाट देखिने सुन्दर दृश्यावलोकनले पदयात्रामा भोग्नुपरेका सबै थकान र कष्ट एकै क्षणमा भुलिने उनले सुनाए ।  बरालले भने, ‘मर्दी ट्रेकिङ नेपालीहरूको प्रमुख रोजाइको पदयात्रा गन्तव्य बनेको छ । यसबाट आर्थिक गतिविधिमा योगदान दिएको छ, त्यहाँ गएर बस्न खान कुनै समस्या छैन । पारिवारिक यात्राको राम्रो गन्तव्यसमेत बनेको छ ।’ ‘भ्यू प्वाइन्ट’मा शौचालयको अभावका कारण पर्यटक समस्यामा परेको देखिएको बताउँदै प्रदेशसभा सदस्य बरालले समस्या समाधानका लागि प्रदेश सरकारसँग पहल गर्ने बताए ।  पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपयात्रापछि मर्दी पदयात्रा शुरु हुन्छ । त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ । माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाटसमेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्छन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार पाँच सय मिटर उचाइको मर्दी आधार शिविर पुगिन्छ । ‘भ्यू प्वाइन्ट’बाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यकालगायत स्थानको दृश्यावलोकन गर्न सकिन्छ । अधिकांश पर्यटक मर्दी हिमाल बेसक्याम्प पुगेर, घलेल, क्यानोनिङ हुँदै चिया गाउँका रूपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् । मर्दी पदयात्रा छोटो समयको पदयात्राका रुपमा रहेकाले एक/दुई दिनको बिदाको समयमा समेत पूरा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको पदयात्रा क्षेत्रमा पर्ने होटल कालीमाटीका सञ्चालक शिव भण्डारीले बताए । रासस

मर्दी पदयात्रा छोडेर मह सिकार हेर्न पुगेकी मार्टिना

‘मैले परिवारलाई तस्वीर पठाएकी थिएँ । मेरो भाइले यस्तो त मैले बीबीसीको भिडियोमा देखेको थिएँ । तिमी साह्रै भाग्यमानी रहेछौ आफ्नै आँखाअगाडि देख्न पायौ भन्यो,’ उनले सुनाइन्, ‘म फर्किएपछि हनी हन्टिङबारे अझै बुझ्न प्रयास गर्छु ।’

मर्दी पदयात्रा व्यवस्थित गर्न मतदाताको माग

सिदिङमा चुनावी अभियानमा पुगेका निर्वाचनका उम्मेदवार समक्ष गुनासो राखे। ‘मर्दी पदयात्रामा समस्या नै समस्या छन्। केन्द्रीय विद्युत अझै पुगेको छैन, एक्याप लगायतबाट समस्या भएको छ। सरकारले व्यवस्थित गर्दै पर्यटकलाई सुविधा दिनुपर्दछ,’ उनले आफ्नो गुनासोलाई उम्मे...

मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा : ऊर्जामन्त्री भुसाल

कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युतीकरणको मागसहित आएका त्यहाँका पर्यटन व्यवसायीसँग सोमबार साँझ पोखरामा भएको भेटमा उनले विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तार सरकारको […]

मर्दी पदयात्रा मार्ग स्तरोन्नति धमाधम : ओइरिँदै पर्यटक

पोखरा । मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनतिका काम धमाधम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रूपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनति थालिएको हो । पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यको समेत चासो पुगेको पदमार्गमा पर्यटन विभागको सहयोगमा स्तरोन्नतिका काम अघि बढाइएको हो । स्तरोन्नतिअन्तर्गत पदमार्गको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माण गरिएको छ भने २५० घनमिटर मेसिनरी वाल निर्माण गरिएको छ ।       त्यस्तै, पदमार्गका विभिन्न अप्ठेरा स्थानमा गरी ४ हजार किलो तौलको फलामबाट ठाउँ–ठाउँमा रेलिङ राख्ने काम सम्पन्न भएको पर्यटन व्यवसायी एवं मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष सुदीप गौतमले जानकारी दिए । मर्दी ट्रेक जुनसुकै उमेर समूहका व्यक्तिले पनि पदयात्रा गर्न सक्ने पदमार्ग भएकाले पछिल्ला वर्षमा यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको उनले बताए ।      प्राकृतिक सुन्दरताले भरिएको यस पदयात्रा मार्गका हरेक मनमोहक दृश्य यहाँको विशिष्टता भएको बताउँदै गौतमले कोरोना कहरका कारण यस क्षेत्रको पदयात्रा पनि प्रभावित बनेको जानकारी दिए । गुराँस फुल्ने जंगलैजंगल चराचुरुंगीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने यस मार्गमा सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्छन् । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ«े, मर्दी, अन्नपूर्ण साउथ, गङगापूर्णजस्ता हिमाललाई एकैसाथ अवलोकन गर्न सकिन्छ ।      कोरोना कहर अन्त्य भई पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने विश्वासमा यस क्षेत्रका पर्यटन व्यवसायी रहेको गौतमले बताए । उनका अनुसार पदयात्रा मार्गको धम्पुसदेखि अस्ट्रेलियन क्याम्प, पोथना, देउराली, लो क्याम्प, फोरेस्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्प हुँदै भ्यू प्वाइन्टसम्म लगभग १०० वटा होटल रहेका छन् । पदयात्रा पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन यस क्षेत्रका सबै  व्यवसायी तथा मजदुरलाई कोरोनाविरुद्धको खोप लगाउनु आवश्यक भएको उनको धारणा छ ।      नेपालको राष्ट्रिय फूल लालीगुराँसले ढकमक्क ढाकिएको जंगलैजंगलबीच हिँड्ने पदमार्ग भएकाले चैत, वैशाखको समय यहाँको सुन्दरता रमणीय हुने  होटल व्यवसायी बताउँछन् । उनीहरूका अनुसार पदयात्रा गर्दा सुरुमा गुलाबी रङको गुराँस देखिए पनि माथि जाँदै गर्दा गाढा रङको लालीगुराँस देख्न पाइनु अर्को महत्वपूर्ण पक्ष हो । मर्दीलगायत पदमार्ग स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनेको बताउने ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संद्दका पूर्वअध्यक्ष सोम थापाले कोरोनाका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको सुनाए ।      कोरोना कहरका बीचमा पनि पदमार्ग स्तरोन्नति हुनुले पर्यटकीय गतिविधिमा थप टेवा पुर्‍याउने बताउँदै पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहेका थापाले पदयात्रा मार्गमा व्यवसायी तथा मजदुर सबैलाई खोपको पूर्ण मात्रा लगाइनुपर्नेमा जोड दिए । मर्दी हाइक्याम्पस्थित होटल ट्रेकेस प्याराडाइजका सञ्चालकसमेत रहेका सुदीप गौतमका अनुसार सन् २००७ मा मर्दी हाइक्याम्पमा होटल खोलिएसँगै पदमार्ग क्षेत्रका अन्य स्थानमा होटल निर्माणले गति लिएको छ । कास्कीको काँडेबाट सुरु हुने यो पदयात्रा मार्ग अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्छ । यी सबै स्थानमा बस्न र खानका लागि होटल सञ्चालनमा आइसकेका छन् ।      समुद्री सतहबाट ३ हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घन्टामा ४ हजार २०० मिटर उचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट दुई घन्टामा ५ हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । सुरुमा काँडे हुँदै पदयात्रा गर्नेहरू फर्कंदा भने माछापुच्छ्रे गाउँपालिकाको सिदिङबाट आउँछन् । सिदिङसम्म जीप जाने भएकाले त्यहाँबाट झन्डै दुई घन्टाको समयावधिमा पर्यटक पोखरा पुग्छन् । प्रकृतिमा आधारित पदमार्गका रूपमा स्थापित यो पदमार्गमाको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माणका साथै मेसिनरी वाल, रेलिङ आदि निर्माणले पदयात्रालाई थप सुरक्षित बनाउने पर्यटन व्यवसायी बताउँछन् ।      कोरोना कहरका कारण प्रभावित पदयात्रा पर्यटनलाई जोगाउन नेपाल पर्यटन बोर्ड र युनडिपीको संयुक्त प्रयासमा पदयात्रा पर्यटन लक्षित कार्यक्रम अघि बढाउने तयारी गरिएको छ । पदयात्रा क्षेत्रका मजदुरलाई पेसामा टिकाइराख्न उनीहरूलाई बिग्रे/भत्केका पदमार्गमर्मत गर्न लगाउँदै रोजगारी सिर्जना गरी केही न केही राहत पुर्‍याउनेलगायत योजना अघि बढाउन लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।      पदयात्रा पर्यटनसँग जोडिएका मजदुरलाई यस पेसामा टिकाउनु आवश्यक भएको बताउँदै उनले कोरोना कहर अन्त्य भएसँगै पर्यटन क्षेत्रले पुनः गति लिने विश्वास व्यक्त गरे ।

मर्दी पदयात्रा मार्गको स्तरोन्नति

गण्डकी - मर्दी हिमाल पदयात्रा मार्गमा कोभिड १९ कहरकाबीचमा पनि स्तरोनतिका काम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रुपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोन्नाेतिका काम अघि बढेका हुन् । पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यकोसमेत चासो पुगेको यस …

भैसीगोठ विस्थापन गर्दै सुविधा सम्पन्न होटेल

कतिपयले त त्यतिबेला गौतमलाई उपहासको पात्र समेत बनाए। समयको गतिसँगै मर्दी हिमाल पदयात्राले विश्वव्यापी चासो र चर्चा कमाएसँगै यतिखेर धेरै युवा मर्दी पदयात्रा मार्गमा सुदिपकै पदचाप पछ्याउँदै होटेल व्यवसाय सञ्चालन गर्न थालेका छन्।

उकालो, जंगल र हिउँ छिचोल्दै मर्दी बेसक्याम्प यात्रा (पदयात्रीको अनुभव)

घन्टौँ हिँड्दाको दुखाइ माछापुच्छ्रे, अन्नपूर्ण साउथ, मर्दी देखेपछि त्यसै हराउँछ । हिमाल हेर्न पाएपछि मर्दी पदयात्रा गएकाहरू सायदै निराश भएर फर्किन्छन् । हिँडिरहँदा अघिल्लो डाँडामा के होला भन्ने उत्सुकताले पदयात्रीलाई तानिरहन्छ

छोटो समयमा हिमाल चुम्न मर्दी पदयात्रा

उमेरले ६४ वर्ष पुगेका पोखरेली पर्यटन व्यवसायी कृष्ण काफ्ले मर्दी हिमालको पदयात्रामा पोखराबाट निस्कँदा जति खुशी थिए, फर्कंदा त उनमा खुशीको कुनै सिमा नै थिएन । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले आफूलाई निकै हर्षित बनाएको उनले अनुभव सुनाए ।      नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन (टेसा) पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक चार दिवसीय पदयात्रामा काफ्लेजस्तै पोखराका पर्यटन व्यवसायी ए...

मर्दी हिमाल पदयात्रा सुरु

कास्की । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा ‘मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी’ विषयक पदयात्रा आजदेखि शुरु भएको छ ।    पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रूपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले यही चैत ४ गतेसम्म चिनारी यात्रा शुरु गरेको हो ।    प