युरो कपको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र डेनमार्क भिड्दै

काठमाडौं : युरो कप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन्। इङ्ल्याण्ड र डेनमार्कबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।आज इङ्ल्याण्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। यी दुई ठुला टिमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ।इङ्ल्