कैलालीका १३ मध्ये १२ स्थानीय तहले ल्याए वार्षिक बजेट

 कैलालीका १३ वटा स्थानीय तहमध्ये शुक्रबार १२ वटा स्थानीय तहले वार्षिक बजेट पेस गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्छ ।कैलालीको लम्की चुहा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममात्र सभामा पेस गरेको छ भने अन्य १२ स्थानीय तहले बजेट पेस गरेका हुन । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० लागि अनुमानित एक अर्ब ८३ करोडभन्दा बढी बजेट प्रस्तुत गरेको छ ।शुक्