झापा : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले झापामा निर्माणाधीन होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन्। कोरोना महामारी लक्षित गरी सरकारले मेचीनगर नगरपालिका–१४ ढुवागढीस्थित हँडिया खोलानजिकै खाली रहेको सरकारी जमिनमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण शुरु गरेको हो।तीन महिनामा बनिसक्नुपर्ने सेन्टर माघ सकिन लाग्दासमेत नसकिएपछि अवस्था बुझ्न मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, प्रदेश १ का मुख्यसचिव रामप्रसाद घिमिरे, आन्तरि