दशैं चहलपहल : नयाँ नोट, सुपथ मूल्य पसलदेखि सामान किन्दा विभिन्न उपहार

काठमाण्डाै – अघिल्लो वर्ष कोरोनाको कारण राम्रोसँग दशैं मनाउन नपाएका नेपालीलाई यसवर्ष छिटै दशैं लागिसकेको छ । कोरोना सङ्क्रमण घटेसँगै बजारमा चहलपहल बढेको छ ।  पहिलेका वर्षहरुमा अलि ढिलो गरी देखिने दशैंको चहलपहल यस वर्ष छिटो देखिएको छ । फेन्सी पसलदेखि फुटपाथमा पनि उत्तिकै भीड छ ।  दशैंकै लागि बैंकहरुले नयाँ नोट साट्न थालिसकेका छन् । खाद्य संस्थाले सहुलियत पसल सञ्चालन गरेको छ । गाडीको अग्रिम टिकट बुकिङ पनि खुलिसकेको छ ।  दशैंको छेको पारेर विभिन्न निजी व्यापारिक कम्पनीहरुले पनि छुट तथा ...