जिल्लाका सबैजसो विद्यालयमा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । जेठ ३ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि दार्चुलाका सामुदायिक विद्यालयहरूले पाठ्यपुस्तक विद्यार्थीलाई पुर्याउन सकेका छैनन् ।