विश्वकप फुटबल : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । मोरक्को समूह ’एफ’ को विजेता र स्पेन समूह ’ई’ को […]

सम्बन्धित सामग्री

२०३० को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त आयोजना गर्ने

काठमाडौं, १८ असोज।सन् २०३०को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार उक्त निर्णय सुनाएको हो। बुधबार फिफाले स्पेन, पोर्चुगल र मोरक्कोसलाई सह–आयोजकको रुपमा घोषणा गरेसँगै ६ देशले संयुक्त रुपमा विश्वकपको आयोजना गर्ने पक्का भएको। यसअघि उरुग्वे, अर्जेन्टिना र पाराग्वे सन् २०३०को विश्वकप आयोजकहरु रहेको घोषण भइसकेको थियो।

स्पेन, पोर्चुगल र मोरक्कोको संयुक्त दाबी

स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्न संयुक्त दाबी गर्ने भएका छन् । यसअघि, स्पेन र पोर्चुगलले मात्र दाबेदारी प्रस्तुत गरेका थिए । बुधबार दक्षिण अफ्रिकी राष्ट्र...

अनि यसरी तोडियो फुटबलका शक्तिराष्ट्रको सान

विश्वकप फुटबल २०२२ मा केही रोचक खेलहरू भए । केही अप्रत्याशित जितहरू पनि निस्किए । ठूला भनिएका फुटबलका शक्ति राष्ट्रहरू पराजित भए । अर्जेन्टिना, जर्मनी, स्पेन, ब्राजिल, पोर्चुगल, फ्रान्सजस्ता टिम पराजित हुनुले विश्वकपको माहौल अझ तातियो ।

पोर्चुगल र मोरक्को क्‍वाटरफाइनलमा, स्पेन विश्वकप फुटबलबाट बाहिर

दाेहा । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को पोर्चुगल क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज बिहान भएको प्रि-क्‍वाटरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्‍वाटरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ […] The post पोर्चुगल र मोरक्को क्‍वाटरफाइनलमा, स्पेन विश्वकप फुटबलबाट बाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वकप फुटबल : आज नकआउट चरणका अन्तिम दुई खेल

फिफा विश्वकप फुटबलमा मंगलबार अन्तिम १६ अन्तर्गतका अन्तिम दुई खेल हुँदैछ। कतारको एजुकेसन सिटी  स्टेडियममा नेपाली समयअनुसार बेलुकी पौने ९ बजे हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।लुसिल स्टेडियममा राति पौने १ बजे हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्याण्ड भिड्नेछन्। पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्याण्ड समूह ‘जी’ को

फिफा विश्वकप फुटबल ड्र  : उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा

चैत १९,  काठमाडौं । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ । नोभेम्बर र डिसेम्बरमा त्यहाँ हुने विश्वकपमा  जर्मनी र स्पेन  एकै समूहमा परेका छन् । शुक्रवार राति कतारको दोहामा आयोजित एक कार्यक्रमका बीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता विश्वकप पहिलो पटक एशियाली राष्ट्रमा हुँदै छ । उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा परेका छन् । समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्ड बीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् । भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान पनि एकै समूह ‘बी’ मा परेका छन् । सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । उक्त समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् । विश्व नम्बर एक ब्राजिलसहित  स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन  समूह ‘जी’ मा रहेको छ । आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् । यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् । कुन समूहमा कुन -  कुन राष्ट्र ? समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/ युक्रेन/ स्कटल्याण्ड) समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/ अष्ट्रेलिया/ पेरु) समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/ न्युजिल्याण्ड) समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन, समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

स्पेन विजयी, पोर्चुगल बराबरीमा

स्पेन, पोर्चुगल र क्रोसिया बिहीबार रातिको खेलपछि विश्वकप फुटबल छनोटको नजिक पुगेका छन् ।

विश्वकप फुटबल : समूह बीबाट स्पेन, पोर्चुगल र इरानको सम्भावना कायमै

विश्वकप फुटबलमा स्पेनले इरानलाई १ शून्यले हराएको छ । बुधबार राती रुसको काजान एरिनामा भएको खेलमा स्पेनलाई जिताउन खेलको ५४ औ मिनेटमा डिएगो कोष्टाले गोल गरे । इरानका डिफेण्डर रविन रेजाइनले बल क्लियर गर्न लागेको बल गोल हुन पुगेको थियो । जसका कारण स्पेनले महत्वपूर्ण तीन अंक जोड्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ । न...

विश्वकपः पोर्चुगल, स्पेन र युरुग्वे विजयी

विश्वकप फुटबल अन्तर्गत बुधवार राति सम्पन्न खेलमा विजयी भएका तीनवटै टोली स्पेन, युरुग्वे र पोर्चुगलले एक/एक गोल गरेका छन्।

विश्वकप फुटबल २०१८: इरान विरुद्ध स्पेन, स्पेनलाइ जित्नैपर्ने दवाव

विश्वकप फुटबल अन्तरगत समूह बीका इरान र स्पेन बुधबार राति पौने १२ बजे कजान एरिनामा भिड्दैछन् ।  पहिलो खेलमा उपहार गोल पाएको इरान अहिले ३ अंक सहित तालिकामा शीर्ष स्थानमा रहेको छ । तुलनात्मकरुपमा बलिया मानिएका पोर्चुगल र स्पेन एक एक अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । इरानलाई आजको खेलमा स्पेनसँग बरा...