काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा नेपाली श्रमिक पठाउन एफडब्लूसीएमएस प्रणालीमा नेपालका २५ वटा इजाजतप्राप्त संस्थालाई मुख्य संस्था र २५० वटा संस्थालाई उप–एजेन्टका रूपमा सूचीकरण गरिएको विषयमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) नेपालको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार) सहितको प्रतिनिधिमण्डलले आईओएम नेपालका कन्ट्री डाइरेक्टरसँग भेट गरी उक्त व्यवस्थाबारे विस्तृत छलफल गरेको […]
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनःस्थापनाका लागि सम्भावित जग्गा पहिचानसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो। समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको […]
काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मंगलबार साँझ विशेष मौसम बुलेटिन जारी गरी दिएको जानकारी अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै […]
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले दुबईस्थित नेपाली कन्सुलेट कार्यालयबाट मागपत्र प्रमाणीकरणमा भइरहेको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाएको छ । संघका अध्यक्ष तथा पदाधिकारीहरूले मन्त्रालयका सचिवसँग भेट गरी दुबईस्थित नेपाली कन्सुलेट कार्यालयमा रीतपूर्वक पेश गरिएका तथा निर्धारित चेकलिस्टअनुसार आवश्यक सम्पूर्ण कागजात पूरा भएका मागपत्रको समेत प्रमाणीकरण प्रक्रियामा अनावश्यक ढिलाइ भइरहेको जानकारी गराएका हुन्। संघका महासचिव […]