चितवन– पशु बिक्री गर्दा बीमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको छ । पशु खरिद गरेपछि पुनः बीमा गर्दा सरकारले दिने अनुदान र खरिदकर्ताको रकम खर्च हुने भएकाले एउटै पशुको दोहोरो बीमा नगर्न आग्रह गरिएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आयोजना गरेको पशु बीमासम्बन्धी त्रिपक्षीय अन्तरक्रियामा सहभागीले पशुको नामसारी नहुँदा बीमामा दोहोरो पर्ने […]
सामसुङले विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्तालाई लक्षित गर्दै नेपालमा नयाँ ग्यालेक्सी ट्याब ए११ प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो ट्याब्लेटमा स्मार्ट एआई क्षमता, प्रिमियम मेटल डिजाइन र शक्तिशाली प्रदर्शनको आकर्षक संयोजन रहेको कम्पनीले जनाएको छ। सिल्भर र ग्रे कलरमा उपलब्ध ट्याब ए११ प्लसमा ११-इन्चको इमर्सिभ डिस्प्ले र डोल्बी एट्मससहितको क्वाड स्पिकर जडान गरिएको छ। […]
वात्सल्य नेचुरल आईभीएफ प्रालिले आफ्नो संस्था र कर्मचारीसम्बन्धी बिजपाटी डटकममा प्रकाशित समाचारको खण्डन गरेको छ । बिजपाटीले वात्सल्यको क्लिनिकल एम्ब्रियोलोजिस्टको योग्यता लुकाइएको र गलत जानकारी दिएर सेवा प्रदान गरिएको भन्ने आशयको समाचार प्रकाशित भएपछि वात्सल्यले त्यसको खण्डन गरेको हो । उक्त खण्डन पत्रमा भनिएको छ, ‘हाम्रो संस्थाको क्लिनिकल एम्ब्रियोलोजिस्टको शैक्षिक योग्यता पूर्ण रूपमा मान्य र […]
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए। आज उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको अन्तरराष्ट्रिय स्वयंसेवक दिवस २०१५ का अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिक प्रहरीले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए। उनले भने, […]
विश्व माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरम तथा चन्द्रनगर गाउँपालिकासँग सहकार्य गर्दै सर्लाहीमा वृक्षारोपण अभियानको पहिलो चरण सम्पन्न गरेको छ। हरित विकास, वातावरणीय स्थायित्व तथा सामुदायिक स्वास्थ्यलाई लक्षित गरी चन्द्रनगर–२ स्थित श्री दुर्गा खोंभारी जनता माध्यमिक विद्यालय परिसरमा १,७५० मोरिङ्गा (सजिवनी) बिरुवा रोपिएको कम्पनीले जनाएको छ। कार्यक्रमको उद्घाटन […]