एमसीसी संसदको बैठकको विषय किन बनिरहेको छैन ?

एक दशकअघि हस्ताक्षर भएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको अमेरिकी आर्थिक अनुदान सहायता एमसीसी संसद्‌बाट पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा सत्ताधारी गठबन्धनकै नेताहरू तयार नदेखिएको भन्ने विवरणहरूका माझ यो विषय फेरि एक पटक सार्वजनिक बहसमा आएको छ।पाँच दलीय सत्ताधारी गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संस‌द्‌बाट पारित गर्ने प्रक्रिया अघि बढाउन प्रस्ताव गर्दा गठबन्धनका अन्य दलहरूले अध्ययनका लागि समय मागेको भन्ने विवरणहरू सार्वजनिक भएका छन्।एमसीसीबारे छिटो निर्णय लिन अमेरिकी ताकेता भइरहेको समाचारका आइरहँदा संसद् बैठक भने माघ २६ गतेसम्मका लागि स्थगित गरिएको छ।एमसीसीका कतिपय प्रावधानका विषयमा फरक मत राख्दै आएका सत्ताधारी गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी दलका नेताहरूको अनुरोधमा संसद् बैठक पर धकेलिएको नेताहरूले बताएका छन्।दलहरूको अलमलसन् २०१२ मा नेपाल र संयुक्त राज्य अमेरिकाबीच हस्ताक्षर भएको एमसीसी सम्झौता विसं २०७६ असारमा केपी ओली नेतृत्वको सरकारले संसद्‌मा मा प्रस्तुत गरेको थियो।तर एमसीसीको विपक्षमा रहेका नेताहरू सत्ताधारी दलमै रहेका अवस्थामा सरकारले एमसीसीबारेको संसदीय प्रक्रियामा अघि बढाएन। नेकपा विभाजनसँगै प्रमुख प्रतिपक्ष दल बनेको एमाले एमसीसीमा आफ्नो समर्थनबारे मौन बस्दै आएको छ।“आफूले गरेको सम्झौता कति वर्षपछि अहिले आएर अध्ययन गर्न कार्यदल बनाउँछ सत्ता गठबन्धन,” नेकपा एमालेको संसदीय दलका उपनेता सुवास नेम्बाङ भन्छन्।“उहाँहरूसँग संसद्‌बाट पारित गर्ने हैसियत छ यस्तो अवस्थामा प्रतिपक्षीले के गर्छ भनेर सोध्ने हो र?”उनले सरकारले संसद्‌मा सम्झौता पेस गरिएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने दोहोर्‍याए।एमसीसीबारे राजनीतिक दलहरूसँगै सार्वजनिक मञ्चहरूमा व्यक्त टिप्पणीहरूपनि परस्पर विरोधी प्रकृतिको देखिने गरेको कारण सत्ताधारी र प्रतिपक्ष दुवै दलहरू उक्त विषय आगामी निर्वाचनको एजेन्डा बन्नेमा सजग रहेको विश्लेषकहरूले बताउने गरेका छन्।“संसदमै छलफल गरिनुपर्छ”एमालेको समर्थन नभएसम्म यो सम्झौता संसद्‌बाट अघि बढाउन सरकार तयार नदेखिएको बताइन्छ।तर नेपाली कांग्रेसका महामन्त्री गगन थापा एमसीसीबारे संसद्‌मा छलफल भएपछि मात्रै सहमतिको प्रयासमा सरकार जुट्नु उपयुक्त हुने बताउँछन्।“यसलाई बाहिर कचल्टाउने भन्दा यो विषयलाई संसद्‌मा ल्याऊँ। बरु संसद्‌मा ल्याइसकेपछि यसलाई रातारात पारित गर्ने बाटोतिर लाग्नै हुन्न सदनभित्र पनि यसमा पुरै छलफल हुनुपर्छ। आवश्यक पर्‍यो भने समितिमा लगेर छलफल गर्नुपर्छ,” नेता थापाले बीबीसी नेपाली न्युजसँग भने।आवश्यक पर्‍यो भने नागरिकसँग समेत संवाद गर्नुपर्ने भन्दै थापा सबैभन्दा पहिले संसद्‌मा यो छलफलको विषय बनाइनुपर्ने बताउँछन्।एमसीसी संसद्‌को विषय भइसकेकाले यसबारे संसद्‌मै छलफल भएर निर्णय हुनुपर्ने प्रतिपक्षी एमालेका नेता नेम्बाङको पनि भनाई छ।“यो संसद्‌को बिजनेस भइसकेको कुरा हो। अब अहिले उहाँहरू हुनुहुन्छ। उहाँहरू संसदीय प्रणाली नै मान्नुहुन्छ क्यारे अहिले उहाँहरूको बहुमत छ यसलाई अघि बढाउन के ले रोक्यो?,” नेम्बाङले भने।कहिले गठबन्धन त कहिले कार्यदलका नाममा यो विषय सत्ता गठबन्धनले नै अलमलमा पारिरहेको प्रतिपक्षी एमालेको आरोप छ।सभामुखको भूमिकातर यथास्थितिमा एमसीसी अघि बढाउन माओवादी तयार नदेखिएको र माओवादीबाटै सभामुख बनेका अग्निप्रसाद सापकोटाले यसअघि राखेका भनाइले पनि एमसीसी संसदमा अघि बढाउन उनको सहयोग हुने कुरामा सन्देह पैदा भएको कांग्रेस नेताहरूले बताउने गरेका छन्।“सरकारले आफूले संसदभित्र प्रवेश गराउन चाहेको विषय पनि सभामुखले प्रवेश गराउने कि नगराउने भनेर त्यसमा आफ्नो स्वविवेकी अधिकार प्रयोग गर्ने कि नगर्ने भनेर जुन खालको परम्परा स्थापित गर्न कोसिस भयो वा हुँदै छ यसले संसदीय व्यवस्थाको मर्म नै मार्छ,” नेता थापा भन्छन्।सापकोटाले यसअघि साझा सहमति नबनेसम्म एमसीसी संसदबाट अघि बढाउन नहुने धारणा सार्वजनिक गरेका थिए। तर पछिल्लो समय उनले एमालेले जारी राखेको संसद् अवरोध खुला भए एमसीसी अघि बढ्न सक्ने बताउने गरेका छन्।“सरकारले पेस गरिसकेपछि त्यसलाई अघि बढाउने काम सभामुखले गर्नुपर्छ सभामुखको अधिकारको यो विषय नै होइन,” नेम्बाङ भन्छन्।“सरकारले पठायो भन्ने बित्तिकै जे जे माग्नुपर्नेछ सरकारसँग कागजपत्र मागेर सदनमा पेस गरेर त्यसलाई अघि बढाउने काम गर्नुपर्छ। सदनले पास गर्छ फेल गर्छ त्यो कुनै सभामुखको विषय होइन।”‘दलहरूका अध्ययन समितिमा अलमल नगरौँ’अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक खड्ग केसी पर्याप्त छलफल र अध्ययन नगरी एमसीसी सम्झौतामा हस्ताक्षर गरेका कारण अहिले समस्या आएको बताउँछन्।एमसीसीसँगै नेपालको अन्तर्राष्ट्रिय छवि समेत जोडिएका कारण यसबारे राष्ट्रिय सहमति र दलहरूको एउटै मत हुनुपर्ने उनी बताउँछन्।अझै पनि राष्ट्रिय सहमति निर्माणका लागि दलहरूका अध्ययन समितिमा अलमल गर्नु भन्दा स्वतन्त्र विज्ञहरूको समितिबाट अध्ययन गरिनु उचित हुने उनको धारणा छ।“राष्ट्रिय सहमति निर्माणको लागि पार्टीले बनाएको भन्दा पनि एउटा स्वतन्त्र समिति बनाएर त्यसका कुराहरूलाई एक पटक बहसमा ल्याएर अमेरिकासँग समय लिएर भए पनि संसद्‌बाटै पारित गर्नुपर्ने रहेछ भने पनि त्यसरी जानुपर्छ,” केसी भन्छन्।नेपालमा संविधान निर्माणदेखि धेरै विषयहरू संसद् बाहिर भएका छलफलका निर्णयबाट भएका कारणले गर्दा यो विषयमापनि संसद्‌मा पर्याप्त छलफल हुनेमा संशय रहेको केसी बताउँछन्। -बिबिसीबाट साभार

सम्बन्धित सामग्री

चुनावी ‘भाषण’ बन्दै एमसीसी

काठमाडौं । सरकारले संसद्बाट पारित गराएको अमेरिकी सहयोग परियोजना (एमसीसी) राजनीतिक दलका लागि चुनावी ‘भाषण’को विषय बन्दै गएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको सहमतिमा प्रतिनिधि सभाबाट पारित भएको एमसीसीलाई सत्तारूढ दलदेखि प्रमुख प्रतिपक्षी दलसम्मका नेताहरूले चुनावी भाषणको विषय बनाउन थालेका छन् । एमसीसी […]

एमसीसी सम्झौताले दिएको सन्देश

संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै हालका लागि यो प्रकरण सेलाउने देखिएको छ। सत्ता गठबन्धनकै दुई प्रमुख दल माओवादी केन्द्र र नेकपा समाजवादीले एमसीसीको विरुद्धमा कडा अडान लिएपछि पछिल्लोपटक एमसीसी अनुमोदनको विषय अन्योलग्रस्त हुन पुगेको थियो भने गठबन्धन भत्किएर देश नयाँ राजनीतिक बाटोमा जाने आकलन समेत गरिएको थियो। तर ‘व्याख्यात्मक घोषणा’को औजार प्रयोग गरी सम्झौता अनुमोदन […]

एमसीसी सहयोग परियोजनाबाहेक केही होइन : भट्टराई

काठमाडौँ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता नेपाल र अमेरिकाबीचको सहयोग परियोजनाबाहेक केही नभएको बताएका छन् । उनले एमसीसीलाई दलका नेताहरूले नै गिजोलेर बिगार्ने काम गरेको बताए । प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले सम्झौतामा आपत्ति जनाउनुपर्ने विषय केही पनि नभएको दाबी गरे । उनले भने, ‘एमसीसी सामान्य अनुदान थियो, तर हामीले यसरी कोट्यायौं […]

एमसीसी र गठनबन्धन फरक विषय हो : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको कार्यक्रममा प्रवक्ता महतले कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको बताउदै तर, गठबन्धन टुट्नुपर्छ भनेर नभनेको स्पष्ट पार्नुभयो । एमसीसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको उहाँको […]

एमसीसी संसदबाट पास हुने वा नहुने विषय सरकारमा निर्भर छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पास हुने वा नहुने विषय सरकारमा निर्भर रहेको बताएका छन्।...

एमसीसी आर्थिक सहयोगको विषय मात्र बन्नुपर्छ : माधव नेपाल (भिडियो)

काठमाडौँ– नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) आर्थिक सहयोगको विषयमात्र बन्नुपर्ने बताएका छन् । काठमाडौँमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर पर्न नहुने बताए । उनले सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने स्पष्ट पारे। एमसीसी विशुद्ध […]

राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरूको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।’एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित

एमसीसी सम्झौताको भविष्य

केही वर्ष पहिलेसम्म नेपालमा खासै चर्चा नभएको एमसीसी परियोजना तीन चार वर्षदेखि चर्चामा छ । विशेष गरी २०७४ भाद्र २९ गते नेपालका तत्कालीन अर्थ मन्त्रीले अमेरिका नै गएर एमसीसी सम्झौतामा हस्ताक्षर गरेपछि यो विषय चर्चामा आएको हो । अमेरिकी सरकारको रणनीति र सामरिक योजनालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने परियोजना हो एमसीसी । पहिलेको ‘एसिया प्रशान्त रणनीति’ को नाम फेरेर यसलाई ‘हिन्द प्रशान्त रणनीति’ नाम दिइएको छ ।  एमसीसी त्यही ‘हिन्द प्रशान्त रणनीति’को ए

आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्नु हुँदैन : एमसीसी उपाध्यक्ष फातिमा

२७ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्न नहुने बताएकी छन् । आफ्नो चार दिने भ्रमणको अन्तिम दिन आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसीसी सम्झौतालाई नेपालमा राजनीतिकरण गरिएको भन्दै असन्तुष्टि जनाइन् । ‘अहिले एमसीसीलाई राजनीतिकरण गर्ने अनि गलत र भ्रामक प्रचार गर्ने […]