कोभिडविरुद्धको खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपी

कोभिडविरुद्धको खोप लगाइसकेका व्यक्तिले खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन पाउँने भएका छन् । खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्ड लिन सकिने भएको हो । त्यस्तै दुवै मात्रा खोप लगाइसकेको भएमा दोस्रो मात्रा लगाएको खोप केन्द्रबाट पनि खोप कार्डको प्रतिलिपी लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।