पोखराको मदरल्याण्ड माविद्वारा फुटबल खेलाडी भण्डारी सम्मानित

पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई नगदसहित सम्मान गरेको छ । भण्डारीलाई मदरल्याण्ड माविले नगद रु २५ हजारसहित सम्मान गरेको हो । उहाँलाई पश्चिम पृतना हेडक्वार्टर विजयपुरका पृतनापति दीपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुवन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले सम्मान गर्नुभएको …