रसुवागढी नाकाबाट आयात बढाउन चिनियाँ पक्ष सहमत

रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको  ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।कोभिड–१९ सङ्क्रमणका कारण घट्दै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन नेपालका तर्फबाट भएको प्रयास फलदायी भएको छ । नौ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही १५ तारेखबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको र