प्रधानमन्त्री देउवा उभिए अमेरिकी राजदूतसँगै खोप अभियान ‘उद्घाटन’मा

काठमाडौं – संसदमा बहुमत हासिल गरेको भोलिपल्टै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘खोप’ अभियान सरकारको प्राथमिकता हुने सन्देश दिएका छन्। बौद्ध जोरपाटीमा एक खोप केन्द्रमा अमेरिकी राजदूत र्‍यान्डी बेरीसँगृ उपस्थित भई सोमबार अमेरिकी खोप ‘जोन्सन एण्ड जोन्सन’ लगाउने अभियानको उद्घाटन गरेका छन्। विश्वास मत लिनेक्रममा उनको पहिलो, दोस्रो र तेस्राे सबै प्राथमिकता ‘खोप’ नै हुने घोषणाको भोलिपल्टै […]

सम्बन्धित सामग्री

फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न नेपाल आफैं सक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली...

फोहोरबाट बिजुली र ग्यास निकाल्ने काम नेपाल आफैले गर्न सक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताउनु भएको छ ।  बिहीवार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनु भएको हो । उहाँले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।  उहाँले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताउनु भयो ।  सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यक्ता भएको बताउनु भयो ।  उहाँले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्याँस निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले फोहोरबाट बिजुली र ग्याँस निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘फोहोर व्यवस्थापनको कुरा उठेको छ । यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ । म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेण्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्याँस निकालेर दिएका थिए । त्यसले टेम्पो जस्ता साना सवारीसाधनहरु चलाउने व्यवस्थापन गरेको देखेँ मैले । त्यसकारण यसको व्यवस्थापन गरेर त्यसको ट्रिटमेण्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्याँस दुई वटै निकाल्न सकिने सम्भावना बढेको छ ।'   उहाँले अगाडि भन्नुभयो 'यो काम नेपाल आफैँले गर्नसक्छ । विदेशी पनि इन्भेष्टमेण्ट गर्न तयार छन् । काठमाडौं जस्तो सुन्दर शहर अहिले जताततै फोहोरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो । काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ । त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ । के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ । फोहोर व्यवस्थापन गर्नुहोस् । यसलाई डम्पिङ साइट भन्दा पनि यसलाई ट्रिटमेण्ट प्लान्ट गरेर पनि यसबाट फाइदा लिऔँ ।’ प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइट समावेश गरेसँगै नेपाल दक्षिण एशियामा टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक बनेको समेत बताउनु भयो । उहाँले फोहोरको उचित व्यवस्थापन गर्नसकेमात्रै पनि कतिपय रोगहरुको निवारण हुने पनि बताउनु भयो ।

काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए । प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भ

टाइफाइडविरुद्धको खोप अभियान सुरू

काठमाडौं : टाइफाइडविरुद्धको खोप अभियान सुरू भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार काठमाडौंको दरबार हाइस्कुलबाट खोपको शुभारम्भ गरेका हुन्।कार्यक्रममा प्रधानमन्त्री देउवा र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संयुक्त रुपमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेका थिए। आजै विद्यार्थीहरूलाई खोप लगाइएको छ।अभियानका रूपमा भने चैत २४ देखि बैशाख १८ गतेसम्म देशैभरका १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ। यी उमेर समूहको संख्या करिब ७५ लाख रहेको स्वास्थ्य सेवा विभागअन्तर्ग