पदक विजेता खेलाडी र प्रशिक्षकलाई पुरस्कार घोषणा

सरकारले १३ औँ सागका पदक विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई नगद पुरस्कारको घोषणा गरेको छ । साग सकिएको भोलिपल्ट बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार घोषणा गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीहरुसँग भेट गरेका प्रधानमन्त्रीले स्वर्ण, रजत र कास्य पदक विजेता र प्रशिक्षकलाई भएको कार्यक्रममा प्रोत्साहनस्वरुप नगद पुरस्कार राशिको घोषणा गरेका थिए ।