ओलीको हिसाब 'एमालेले प्रत्यक्षमा कमसेकम १०५ सिट र समानुपातिकमा ५० सिट जित्छ'

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पु¥याउने दाबी गरे।शुक्रबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भने , “प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।”पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज दिनभर झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत दिएका छन्। अघिल्लो निर्वाचनको स्मरण गर्दै अध्यक्ष ओलीले भने, “अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनाका साथ अघि बढेका छौँ र जित्छौँ पनि ।”झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा हुनुहुन्छ भने झापा–५ मा ओली उम्मेदवारका रूपमा उभिएका छन् । उनले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रहसमेत गरेका छन्। 

सम्बन्धित सामग्री

धनुषाबाट महासेठ दम्पत्ती नै प्रत्यक्षमा निर्वाचित

काठमाडौं, १३ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट एक दम्पत्ती प्रत्यक्षमा निर्वाचन जितेर सांसद भएका छन् । प्रतिनिधि सभामा एमाले सचिव रघुवीर महासेठ र एमालेकी केन्द्रीय सदस्य महासेठकी श्रीमती जुली महतोले प्रत्यक्षमा चुनाव जितेका हुन् । महासेठले धनुषा–४ बाट नेपाली कांग्रेसका उम्मेवार महेन्द्र यादवलाई १२४ मतान्तरले […]

गण्डकी प्रदेश : प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो

काठमाडौँ,११ मँसिर । गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ । मनाङको प्रदेश निर्वाचन क्षेत्र(२) मा राजिव गुरुङ निर्विरोध […]

गण्डकी प्रदेश : प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो

गण्डकी– गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ ।  मनाङको प्रदेश निर्वाचन क्षेत्र(२) मा राजिव गुरुङ निर्विरोध निर्वाचित भएका […]

जुम्लामा एमालेः प्रत्यक्षमा तेस्रो, समानुपातिकमा पहिलो

प्रत्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत मात्र प्राप्त गरे। तर समानुपातिकमा नेकपा एमालेले १० हजार ५ सय ४८ मत पाएको छ।...

थारुलाई प्रत्यक्षमा उम्मेदवार नबनाउनु नेतृत्वको कमजोरीः माओवादी नेता

काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का नेता बालेश्वरप्रसाद थारुले थारुलाई प्रत्यक्षमा उम्मेदवार नबनाउनु नेतृत्वको कमजोरी भएको बताएका छन् । ‘देशमा ४५ लाखभन्दा बढी थारु छन् । कुल जनसंख्याको ६.६ प्रतिशत हिस्सा ओगटेका थारुहरुले उचित स्थान पाएका छैनन् । थारु पनि प्रतिस्पर्धा जान सक्छन् । राष्ट्रिय राजनीतिमा पुग्न सक्छन् । तर मधेस प्रदेशमा थारुलाई […]

दोलखा एमालेका तिन समानुपातिक महिला सांसद: जो यसपटक प्रत्यक्षमा भिड्न चाहन्छन्

दोलखा एमालेका तीन जना महिला समानुपातिक सांसदहरुले प्रत्यक्षमा निर्वाचन लड्ने आकांक्षीसहित पार्टीबाट सिफारिस भएका छन्।...

अघि बढ्यो प्रत्यक्षमा ५० प्रतिशत सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव संसदमा अगाडि बढाइएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको सिटमा आधा महिला उम्मेदवार हुनुपर्ने सम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ । प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक रहेको यो प्रस्तावमा लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमती शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोद

दलहरूले प्रत्यक्षमा महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ : उपसभामुख भुसाल

१२ साउन, काठमाडौं । उपसभामुख पुष्पा भुसालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलहरुले प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । संघीय संसद सचिवालयले आयोजना गरेको ‘निर्वाचन प्रणाली र महिला सहभागिता’ विषयक कार्यक्रममा उनले दलहरुले बढी भन्दा बढी महिला नेतालाई प्रत्यक्षमा उठाएर महिलालाई हेर्ने समाजको मनोवैज्ञानिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएकी हुन् । पूर्वसभामुख ओनसरी घर्तीले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई जोड दिनुपर्ने […]