ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग अपरिहार्य: गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग अपरिहार्य रहेको बताउनुभएको छ । विश्व योग दिवसको अवसरमा आर्ट अफ लिभिङ र सशस्त्र प्रहरी बलले आज (मंगलबार) काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। गृहमन्त्री खाँणले योगले मानिसको जीवनशैली परिवर्तन गर्नुका साथै मानसिक र शारीरिक रुपमा तन्दुरुस्त राख्ने […]

सम्बन्धित सामग्री

प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छ : गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी बहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीको तनाव व्यवस्थापनमा योगाभ्यासको अधिक महत्व रहने विचार व्यक्त गर्नुभयो ।

प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छ : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताएका छन्। आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित योग शिविर तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न तथा जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकारी हुने उल्लेख गरे।गृहमन्त्री खाँणले समाजमा हुने