कांग्रेसमा महाधिवेशनको सरगर्मी, नेतृत्व हस्तान्तरण चुनौतीपूर्ण

काठमाडौं : नेपाली कांग्रेसमा आसन्न १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ। वडा तहबाटै केन्द्रसम्म अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बहस र चर्चा छ। सभापतिको उम्मेदवार घोषणा गर्न गुटगत भेला निरन्तर चलिरहेको छ। वर्तमान सभापति शेरबहादुर देउवाले आफू निकटका नेतालाई आफू पुनः सभापतिमा उठ्ने भन्दै सहयोगका लागि आग्रह गरिसकेका छन्। कोइराला परिवार आफ्नो विरासत कायम राख्न लागिपरेको छ। यीबाहेक नेतृत्वका आकांक्षी अन्य नेताहरु पनि चुनावी रणनीतिमा व्यस्त छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक को