सञ्चालनमा आएन रामेछापकाे चिस्यान केन्द्र

रामेछाप – करोडौँकाे लागतमा बने पनि रामेछापकाे चिस्यान केन्द्र सञ्चालनमा आएकाे छैन । रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा करोडौँको लागतमा बनेको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बाग्मती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले सञ्चालन हुन नसकेको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ बताउनुहुन्छ । जिल्लामा उत्पादन हुने जुनार, सुन्तला आलु, किबीलगायतका विभिन्न फलफूल तथा तरकारी भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको चिस्यान केन्द्र गएको वर्ष नै सञ्...

सम्बन्धित सामग्री

९० लाख खर्चिएर निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आएन

खोटाङ : खोटाङमा ९० लाख सरकारी रकम खर्चिएर निर्माण गरिएको चिस्यान केन्द्र (शीत भण्डार) सञ्चालनमा आउन सकेको छैन। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न गरेर उद्घाटन गरेको ६ महिना बित्दा पनि सञ्चालनमा आउन नसकेको हो।जिल्लाका अन्य ठाउँमा पनि सोही प्रकारका केन्द्रहरु निर्माण भइरहेका छन्। प्रत्येक शुक्रबार ठूलो साप्ताहिक हटिया लाग्ने बुइपामा चिस्यान केन्द्रको आवश्यक रहेको ठहर गर्दै जिल्लाकै पहिलो केन्द्रकारुपमा निर्माण गरिएको