श्रीलंका संकट-कोलम्बोको सडकमा अराजकता र नयाँ नेतृत्वका लागि अबको चुनौति

श्रीलंका अहिले चरम आर्थिक संकटमा मात्रै फसेको छैन त्यहाँ अत्यावश्यक वस्तुको अभावसँगै जनताको आक्रोशको पारोले पनि सीमा नाघेको छ । जनजीविकाको न्यूनतम आवश्यकता पनि पूरा गर्न नसके पनि श्रीलंकालीहरु सरकारप्रति क्रुद्ध बनेका छन् । शनिबारमात्रै मुलुकका विभिन्न ठाउँबाट राजधानी कोलम्बोमा आएका प्रदर्शनकारीको आक्रोशित भीड जबरजस्ती राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेसँगै राष्ट्रपति फरार हुन बाध्य भए […]