नेपाली काँग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत

नेपाली काँग्रेस जाजरकोटले जिल्ला सभापतिको टुङ्गो लगाइसकेको छ । यसअघि कर्णालीका १० जिल्लामध्ये कालिकोटमा मात्र जिल्ला सभापति सर्वसम्मत चयन गरिएको थियो भने जाजरकोटमा पनि सर्वसम्मत सभापति चयन गरिएको छ ।जाजरकोटमा वेदराज सिंह सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका छन् । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ । यस्तै जिल्ला उपसभापति खड्क विसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएका

सम्बन्धित सामग्री

कर्णालीका आठ जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

नेपाली काँग्रेस कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । काँग्रेस बुधबारसम्म सुर्खेत र दैलेख बाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । काँग्रेस कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन गरेको हो । जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, कालिकोटमा अमरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हु