सशस्त्र प्रहरीले गर्‍यो सप्तकोशी नदीमा हाम फालेका व्यक्तिको उद्धार

सप्तरी । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी ७ बजेर १५ मिनेटतिर हाम फालेका व्यक्तिको उद्धार गरिएको हो । झापाको कमल गाउँपालिका-५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट नदीमा हाम फालेका थिए । उनलाई तत्कालै सशस्त्र प्रहरी […]