मानुषी लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन ?

बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्तामध्ये ५ हजार ४६९ कित्ता संस्थाको कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो । बुधबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको आइपिओमा आवेदकहरुले छिटोमा साउन ३१

सम्बन्धित सामग्री

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट

मानुषी लघुवित्तले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक नेपाल एसवीआई मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सोमबार लघुवित्तको आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तले यही साउन २७ गतेदेखि ३१ गतेसम्म गरेको सार्वजनिक निष्कसनमा २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयरकको लागि आवेदन परेको थियो । जसमध्ये ७ हजार […]

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । साउन २७ देखि ३१ गतेसम्म निष्काशन भएको आईपीओ सोमबार बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँट भएको हो ।  लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदन परेको थियो । जसमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।  गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन्  । ति मध्ये ३ जना आवेदकले ११...

मानुषी लघुवित्तको आईपीओमा ८३.१० गुणा बढी आवेदन

साउन ३१,काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा  ८३ दशमलव १० गुणा बढी आवेदन परेको छ । सीडीएससीका अनुसार निष्कासनको अन्तिम दिन आइतवार साँझसम्म उक्त कम्पनीको आईपीओमा २४ लाख ३ हजार ५५ आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता शेयर माग भएको छ। जुन मागभन्दा ८३ दशमलव १० गुणा बढी हो।  कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।  मागभन्दा बढी आवेदन परेकाले आईपीओको विक्री छिटो अवधिमै बन्द भएको हो । सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गरेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  आर्थिक वर्ष २०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव शून्य ७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

मानुषी लघुवित्तको ३ लाख ९३ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३१ साउन । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गनेदेखि बिक्रि खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न दिएको अनुमतिसँगै संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ आजदेखि निष्कासन गर्ने गरेको हो । शुक्रबारसम्ममा संस्थाको […]

मानुषी लघुवित्तको आईपीओमा शुक्रवारसम्म मागभन्दा ६५ गुणा बढी आवेदन

साउन २९, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा शुक्रवारसम्म मागभन्दा ६५ दशमलव २० गुणा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ बजेसम्म १८ लाख ५६ हजार ५५० जना आवेदकहरुबाट २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरीदको आवेदन परेको हो । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।  सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ ।  कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन ३१ गते आइतवारसम्म मात्र विक्रीमा रहनेछ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।  साथै, मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

दोस्रो दिनसम्ममा मानुषी लघुवित्तको आईपीओमा मागभन्दा ४८ गुणाभन्दा बढी आवेदन

साउन २८, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा बिहीवारसम्म १३ लाख ४७ हजार ८०८ जनाले आवेदन दिएका छन् ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार ती आवेदकहरुबाट १ करोड ७७ लाख ७० हजार ३० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो । जुन मागभन्दा ४८ दशमलव २१ गुणा बढी आवेदन हुन आउँछ । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।  सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आइपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष २०७६/ ७७ सम्ममा कम्पनीको बास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

पहिलो दिनमै मानुषी लघुवित्तको आईपीओमा ५ लाख ८१ हजारभन्दा बढीले दिए आवेदन

साउन २७, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साँझसम्ममा ५ लाख ८१ हजार ६३३ जना आवेदकहरुबाट ७९ लाख २ हजार ५१० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो । कम्पनीले बुधवारदेखि ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।  सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहनेछ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष २०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

मानुषी लघुवित्तको आईपीओ बुधवारदेखि विक्रीमा

साउन २६, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बुधवारदेखि विक्री खुला हुने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि विक्री गरिने छ ।  आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा साउन ३१ गतेसम्म र सो अवधिमा विक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  ।  कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।  आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यलयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको सफ्टवेयरबाट पनि  आवेदन दिन सकिने छ । विक्री प्रबन्धक नेपाल एसबिई मर्चेण्ट  बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आव २०७६/ ७७ को बास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको शेयरमूल्यले पहिलो कारोबारको लागि रू.३९८ दशमलव शून्य ७ ओपन रेञ्ज पाउने देखिन्छ ।

मानुषी लघुवित्तको आईपीओ साउन अन्तिमदेखि

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाले यही साउन महिनाको २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। जसमा सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी बसेको तीन लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन भर्न पाउनेछन्।