काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिएकी छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा मन्त्री शर्माले उक्त प्रतिवेदन हाल मन्त्रिपरिषदमा रहेको र अध्ययन भइरहेको भन्दै कार्ययोजना बनाएर कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिइन् । […]