म्याग्दीमा रहेको तीन सय वर्ष पुरानो राजकुवा

म्याग्दीको ऐतिहासिक ज्यामरुककोटको सात्लेपानीमा अवस्ति तीन सय वर्ष पुरानो राजकुवा । यो कुवा १७औँ शताब्दीमा तत्कालीन ज्यामरुकोटे सामन्त (स्थानीयको भाषमा राजा) भर्दिवम मल्लले निर्माण गर्न लगाएका थिए । तस्बिर- ध्रुवसागर शर्मा÷रासस

सम्बन्धित सामग्री

नेवारी संस्कृति पुस्तान्तरण अभ्यास

छ वसन्त काटेका दुई बालबालिका नागनागिनीको भेषमा नाच्दै थिए। नेवारी पोसाकमा सजिएका १० देखि १२ वर्ष उमेर समूहकाले वाद्यवादन मृदङ्गा र झ्याली बजाउँदै गीत गाइरहेका थिए। नजिकै उभिएका पाका पुस्ताले नाच्न सिकाइरहेका थिए। नेवारी समुदायको करिब तीन सय वर्ष पुरानो नागनागिनी नृत्य पहिलो पुस्ताबाट पुस्तान्तरण हुँदै नयाँ पुस्तामा आइपुगेको यो एउटा नमुना उदाहरण हो। म्याग्दीमा जारी महोत्सवका अवसरमा उनीहरूले बजारमा पुरानो नागनागिनी नृत्य देखाएका हुन्। साना–साना बालबालिका मिलेर देखाइएको नृत्यले सबैलाई आकर्षित त ग-यो नै, यसले नेवारी समुदायको परम्परागत संस्कृति जोगाइराख्ने विश्वास गरिएको छ।