हेटाैंडा : बागमती प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा कांग्रेसभित्रै मतभेद देखिएको छ। आलोपालो प्रणालीमा कांग्रेसले प्रदेश सरकारकाे नेतृत्व गर्ने चर्चा भएसँगै कांग्रेसभित्रै मतभेद देखिएको हो। मुख्यमन्त्री कुन दलले पाउने भन्ने नटुंगिदा सरकारविरुद्ध जान नसकिरहेका वेला यसले अन्योल बढेको छ। प्रदेश सरकार अल्पमतमा परेको तीन साता बित्दा पनि मुख्यमन्त्री कुन दलले पाउने भन्ने टुंगाे लागिसकेकाे छैन । एमाले विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै अष्टलक्ष्मी