पत्रकारले भने जोकोभिचसँग राजनीति भयो

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई मेलबर्नको हिरासत केन्द्रबाट दुई हप्ता राखेर अस्ट्रेलियाली सरकारले आइतबार उनलाई दुबईतिर पठाएको छ । जोकोभिच १०औं अस्ट्रेलियन ओपन उपाधि जित्ने सपनाका साथ अस्ट्रेलिया पुगेका थिए ।

सम्बन्धित सामग्री

नयाँ के उट्पट्याङ गरूँ ?

चर्चामा आइरहनलाई बेला बेलामा केही न केही उट्पट्याङ गरिरहनुपर्छ । कहिले जिब्रो चिप्ल्याउनुपर्छ त कहिले दुष्कर्म गरिरहनुपर्छ । जिब्रो चैं धेरै नेता, मन्त्रीहरूको चिप्लिरहेको हुन्छ । कहिले नजानेर त कहिले जानाजान । त्यसकै कारण त उनीहरू मिडियामा छाइरहेका हुन्छन् । चर्चा चल्छ र त नेताको नाम चल्छ । अर्थमन्त्रीले आर्थिक युद्धमा एक कमाण्डर अर्थात् गभर्नरलाई कामबाटै हटाए । कुन दिन राष्ट्र बैंक नै पो हटाइदिन्छन् कि के थाहा ? राष्ट्र बैंकलाई अर्थ मन्त्रालयमा गाभे खर्च कटौती हुन्छ भनेर तर्क ल्याउन के बेर ? राम्रो गरे पनि नगरे पनि एकपटक मिडियामा नाम प्रकाशमा आयो मात्र भने पनि तिनको भविष्य उज्यालो हुन्छ । मिडियाको आँखा परेपछि बिरालो पनि सिंहमा दरिन्छ । हो, यो सबै मिडियाकै देन हो । अझ जति विवादित व्यक्ति, त्यति नै मिडियामा स्थान पाउने सम्भावना बढी हुन्छ । चर्चामा रहन च्याउमार्का मिडियालाई पट्याउन जरुरी हुन्छ । जसले मिडियालाई पट्याउन सक्छ, ऊ तुरुन्तै भाइरल हुन सक्छ, ग्लोबल बन्न सक्छ । चुनाव लड्नेवाला होस् वा सामान्य व्यक्ति, मिडियाको उदारताका कारण ‘खास’ बन्छन् । अरूलाई खास बनाउने मिडिया हाउस वा मिडियाकर्मी आफू पनि खास बन्ने चाहना रोक्न नसकेर उट्पट्याङ गर्न हौसिइहाल्छन् । तपाईं सही खबर हजार दिनुस् वाल मतलब, तर एउटा उट्पट्याङ खबर दिनुस्, तपाईंको चर्चा सगरमाथा नाघेर कहाँ कहाँ पुग्छ । आफू स्वयं चर्चित वा विवादित भएपछि उसको मिडिया पढ्ने, देख्ने वा सुन्नेहरू हजारौं मान्छे तुरुन्तै उसका प्रशंसक वा आलोचक बनिहाल्छन् । नाम होस्, बदनाम होस् तर गुमनाम चैं नहोस् भनेजस्तै कसैकसैलाई चैं आफ्नो मिडियाको पाठक वा दर्शक बढाउन केही न केही गरी नै रहने बानी हुन्छ । गसिपलाई समाचार बनाएर होस् वा हिरोइनका अर्धनग्न ब्लोअप छापेर होस् चर्चामा नछाए त तिनलाई निद्रा पनि लाग्दैन । अझ कहिले विनाइजाजत जबरजस्ती जहाजमा घुसेर होस् वा मिटिङभित्रै गएर क्यामेर तेर्स्याएर होस्, अथवा मिलोस् नमिलोस् अन्तरवार्ता लिने नाममा जथाभावी प्रश्नहरू बर्साएर होस्, चर्चा चलाउनै पर्छ । मिडिया अर्थात् पत्रकारिता कुनै बेला मिशन थियो, हिजोआज कसै कसैको एम्बिसन बनेको होला त कसैको फ्युजन र कसैको कन्फ्युजन । मिडियाको भिजन त हुनुहुँदैन क्यारे । यसबारे व्याख्यात्मक टिप्पणी गरिरहनु जरुरी नै छैन । सबैलाई थाहा छ, जुन पत्रकार जति तल गिर्न सक्छ, ऊ उति नै चर्चाको टुप्पोमा पुग्छ । प्रतिस्पर्धाको होडमा नमरेका मानिस मारिन्छन् । अब त हुँदा हुँदा मिडिया/पत्रकारले आफै पत्रकार, आफै न्यायाधीश, आफै प्रहरीको भूमिका खेल्न थालिसके । यो सबै कुराले आफ्नो चर्चा बढ्छ । आफ्नो साइटमा धेरैभन्दा धेरै पाठकले क्लिक गर्छन् । जति धेरै क्लिक, त्यति धेरै विज्ञापन । अनि त्यति नै धेरै सफलता । चर्चामा रहिरहन मिडियाले केसम्म गर्न थालेका छन् भन्नै परेन । नग्नता, नकारात्मक, नशिलो सबै प्रकारका ‘न’कारहरूको प्रयोग बढाइरहेकै छन् । यो २१औं शताब्दी हो । रूढीवादी बनिरहनु जरुरी छैन । विकृत हुँदै गइरहेको संस्कृति र संस्कारका विषयमा रोइरहन पनि जरुरी छैन । बरु यो उचित हुन्छ कि निर्लज्ज हुँदै असंगत, अनैतिक, असभ्य नै किन नहोस्, उट्पट्याङ गरिरहनुपर्छ । अब त कमसेकम आजका हाम्रा देशका खलनायकहरूबाट केही सिकौं । दुनियाँले जेसुकै भने पनि आफ्नो गीत गाइरहनुपर्छ । आफ्नो कर्म कुकर्म छाड्नुहुन्न । उट्पट्याङ सिकाउने महागुरु चाहिँ राजनीति नै हो है । नीतिको पनि राजा भनिने राजनीति त उट्पट्याङको पर्याय नै हो ।  हाम्रा प्रधानमन्त्री र मन्त्रीहरूबाट धेरै सिक्न सकिन्छ । देख्नुभएन चौतर्फी आलोचना हुँदा हुँदै पनि सरकारले राजनीतिक सिफारिशका नाममा धेरैजसो यस्ता मानिसलाई राजदूतमा सिफारिश गर्‍यो, जो भागबण्डामा नेताहरूका आसेपासे नातेदारहरू मात्र पारियो । तीमध्ये प्रायःजसो पियन पद पाउन पनि लायक देखिन्नन् । यता, अर्थमन्त्रीलाई नै हेर्नुस् । अर्थतन्त्र कठिन मोडमा पुगिरहेका बेला फ्याट्ट गभर्नरलाई निलम्बन गरे । लडाइँको बेला हतपत्त कमाण्डर फेर्न हुँदैन । तर अर्थमन्त्रीले आर्थिक युद्धमा एक कमाण्डर अर्थात् गभर्नरलाई कामबाटै हटाए । कुन दिन राष्ट्र बैंक नै पो हटाइदिन्छन् कि के थाहा ? राष्ट्र बैंकलाई अर्थ मन्त्रालयमा गाभे खर्च कटौती हुन्छ भनेर तर्क ल्याउन के बेर ? राष्ट्रपति र प्रधानमन्त्रीले उद्घाटन गरिसकेको मेलम्ची अहिले फेरि प्रधानमन्त्री देउवाले उद्घाटन गरे । यी घटनाहरूबाट के सिक्न सकिन्छ भने चर्चामा रहिरहन केही न केही उट्पट्याङ गरिनै रहनुपर्छ । त्यसमा पनि जति ठूलो पद, त्यति नै ठूलो उट्पट्याङ । नत्र ठूलो पदमा बसेको के सार ? पदमा पुग्न पनि उट्पट्याङ नै गर्नुपर्ने । सही कुरा भन्नुस् एउटा भोट आउन्न, उट्पट्याङ बोल्नुस्, स्वप्नद्रष्टामा दरिइहाल्नुहुन्छ । अनि त भोट त के नोटको समेत चिन्ता लिनुपर्दैन । हो, जति ठूलो उट्पट्याङ त्यति नै ठूलो चर्चा । जति ठूलो चर्चा त्यति नै ग्लोबल रूपमै भाइरल हुने सम्भावना । नत्र विश्वले नेपाल र नेपालीलाई के भनेर चिन्ने त ? त्यसैले ग्लोबल बन्न मन छ भने लोकलमाथि फोहोर फ्याँक्ने काम गरौं । जथाभावी मान्छे नियुक्ति गरौं । जथाभावी लाइसेन्स बाँडौं । जथाभावी बाटो खनौं । जथाभावी लेखौं । जथाभावी बोलौं । जथाभावी आयात गरौं वा रोकौं । युवाहरूलाई जथाभावी विदेश लखेटौं । जथाभावी उद्घाटन गरौं । जे जेमा जति जथाभावी गर्न सकिन्छ, गरौं । अनि न संसारले पनि तपाईंलाई पढ्छ, सुन्छ वा हेर्छ । अनि भन्छ वाह ! त्यसैले खोजी खोजी, सोची सोची केही न केही निर्लज्ज उट्पट्याङ गरिरहुँ । राम्रा काम गर्ने मान्छेहरूलाई नराम्रो प्रमाणित गरौं । नराम्रा काम गर्ने मान्छेहरूलाई राम्रो भनेर झ्याली पिटौं । राम्रो गर्नलाई त हामीसँग बाँकी नै के पो छ र ? त्यसैले कतिपय मिडिया, नेता, मन्त्रीहरूबाट प्रेरणा लिँदै म पनि सोचिरहेको छु के चैं नयाँ उट्पट्याङ गरूँ भनेर । नयाँ वर्ष २०७९ लागेको छ । अरू कुनै राम्रो काम केही पाउनुभएन भने पनि आउनुस्– यो नयाँ वर्षमा नयाँ उट्पट्याङ गरौं र नयाँ उचाइमा पुगौं !

धर्म र राजनीति

सर्वप्रथम त म यो स्पष्ट गर्न चाहन्छु कि यो मेरो नितान्त व्यक्तिगत विचार हो र यहाँहरूको फरक मतको सम्मान गर्छु। म हिन्दू सनातन धर्म मान्छु र अन्य सबै धर्मप्रति सम्मान प्रकट गर्न चाहन्छु। कुनै पनि धर्मप्रति मेरो द्वेष, घृणा छैन। एक वरिष्ठ पत्रकारले केही वर्षअगाडि कुनै नेतालाई अन्तर्वार्ताको क्रममा सोधे- ‘धर्म र रिलिजन फरक कुरा […]

ओलीलाई पत्रकारले सोधे- अदालतमा राजनीति त तपाईंकै पालामा सुरू भएको थियो नि?

प्रश्न नसकिँदै ओलीकै छेउमा बसेका एमाले नेता शंकर पोखरेलले हस्तक्षेप गरे। ‘यही एउटै विषयमा कति कुरा गर्नु? अरू विषयमा जाउँ।’ पोखरेलले प्रश्न टार्ने प्रस्ताव गर्नेबित्तिकै ओलीले सदर गरिदिए। ‘हो, एउटै विषयमा धेरै कुरा भयो अरू विषयमा जाऔं।’

बढीमा ५ वर्ष हो म राजनीतिमा रहने : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू आजीवन राजनीति नगर्ने बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले आफूहरु युवा पुस्तालाई अघि बढाउँदै लैजाने पक्षमा रहेको बताए। 'माधव नेपाल आजीवन राजनीति गर्दैन, प्रष्ट भए हुन्छ। मैले त अहिले नै केपी ओलीलाई विदा गरेर युवा पुस्ताले पार्टी सम्हालोस् भनेर भनेकै थिएँ', नेपालले भने, ‘मेरो अहिले मोटो कुरा के छ भने, चुनावपछिको आउने ५ वर्ष मात्

जलवायु परिवर्तन, पानी संकट र राजनीति

वागमती, विष्णुमती, मनहरा, हनुमन्ते, कर्मनाशा र बल्खुमा बग्ने मृत पानीले काठमाडौं उपत्यकाको सकिंदै गएको सभ्यतालाई दर्शाउँछ । शिवपुरी, चन्द्रागिरि, फुल्चोकी र जमाचो पहाड र त्यहाँबाट निस्किएका नदी किनारामा अवस्थित काठमाडौंको संस्कृति र सभ्यतासँग पानीको गहिरो सम्बन्ध छ ।

भारतले भन्यो, ‘नेपालको राजनीतिक घटनाक्रम नाेट गरेका छाैँ’

भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे नाेट गरेको बताएको छ । भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीलाई त्यहाँको पत्रकारले नेपालको राजनीति बारेमा राखेको जिज्ञासामा नेपालको राजनीतिक मामिला उसको आन्तरिक मामला भएको प्रतिकृया दिएका हुन् ।‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे नाेट गरेका छौँ ।...

‘पत्रकारले राजनीति गर्नु हुन्न’

नरेश फुयाँल रहर त हो, गर्दैमा के बिग्रिन्थ्यो र ? बुवालाई छोरो इन्जिनियर भैदिए हुन्थ्यो भन्ने थियो । तारानाथले

पूर्वराजा ज्ञानेन्द्र रौतहटमा, भन्छन्-राजनीति गर्ने मनसाय छैन

रौतहट : पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति गर्ने मनसाय लिएर नहिँडेको बताएका छन्। रौतहटको मत्सरीस्थित दुर्गा भगवती मन्दिरमा पूजाआजा गर्न आएका शाहले पत्रकारसँग संक्षिप्त कुराकानी गदै यस्तो बताएका हुन्।  पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै शाहले भने ‘जनताको सहानुभूति छ तर मेरो उद्देश्य राजनीति गर्ने ...