तीन प्रस्तावमा रुमलियो कार्यदल, गठबन्धनमा लोसपाको ‘च्याप्टर क्लोज’

पाँच दलीय सत्ता गठबन्धनलाई आगामी मंसिर ४ मा हुने आम चुनावको सिट बाँडफाँटमा सकस देखिएको छ । गठबन्धनमा ११ सदस्यीय कार्यदल बनाएर सिट बाँडफाँटको गृहकार्य भएपनि ठोस सहमति हुन सकेको छैन ।  साउन २३ गतेदेखि कार्यदलमा छलफल सुरु भएपनि सिट बाँडफाँटको गाठो फुक्न सकेको छैन । चार पटक बसेको कार्यदलको बैठकमा अमूर्त कुरा मात्र भएका छ ।  ०७४ र ०७९ को निर्वाचन परिणाम अनुसार दुई प्रस्तावमाथि कार्यदलको बैठक चार दिन रुमलियो ।काँग्रेसले ०७९ को स्थानीय निर्वाचन परिणामलाई आधार बनाउनुपर्ने अडान लिएको छ । त्यसले