नेपाल–भारत सीमानाकाबाट घरायसी प्रयोजनका लागि सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार शुल्क लगाउने सरकारी निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले उक्त सीमा व्यवस्था व्यवहारिक नभएको भन्दै अन्तरिम आदेश जारी गरेको हो। अदालतले प्रारम्भिक रूपमा नै १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार […]