राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीको निर्णय, रविबारे भएन निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा राष्ट्रपति निर्वाचनबारे चर्चा गर्ने क्रममा राष्ट्रिय सहमतिमा जोड दिने र नभए विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको हो ।