‘सिमसार जोगाउन जुटौँ’

आज विश्व सिमसार दिवस । ‘सिमसार र पानी’ नाराका साथ यो दिवस संसारभर मनाइँदै छ । सिमसार क्षेत्र भन्नाले बग्ने नदी खोला, तालतलैयालगायत पानी र जमिनले ओगटेको क्षेत्रलाई चिन्छौँ । ठूला–ठूला नदीहरूदेखि लिएर स–साना खोला, खोल्सा, तालतलैया, धान रोप्ने खेतहरूलाई पनि सिमसारका रूपमा मान्छौँ । यो स्थायी र अस्थायी हुन सक्छ भने प्राकृति र मानव निर्मित दुवै पनि हुन्छ । सजिलो रूपमा बुझ्न जहाँ पानी कहिल्यै सुक्दैनन् र जमिन लुक्दैनन् त्यस्ता ठाउँलाई सिमसार क्षेत्र भनिन्छ । रामसार महासन्धिले ४१ प्रकारका सिमसार परिभाष...