दलको सकारात्मक भूमिकाको खाँचो– सभामुख

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।     सभामुख सापकोटाले आज नेपाल पत्रकार महासङ्घ शाखा सिन्धुपाल्चोकको निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा  स्वतन्त्रता नैसर्गिक अधिकार भएको चर्चा गर्दै प्रेस स्वतन्त्रता भन्नु नै लोकतन्त्र भएकाे बताए ।     एकअर्को प्रसङ्गमा, गएको बर्खामा बाह्रबीसे, नाकबुचे र लिदीमा गएको पहिरोबाट विस्थापित भई पीडित परिवारको संरक्षण गर्नु आफ्नो दा...