लुम्बिनी प्रदेशको नालीबेली : काँग्रेसका जिल्ला सभापतिमा देउवा र पौडेल पक्षबीच प्रतिस्पर्धा

 नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै जिल्ला जिल्लामा नेतृत्वका लागि चर्चा हुन थालेको छ । जिल्ला नेतृत्वका लागि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आकांक्षीहरुको सक्रियता बढ्न थालेको छ ।२०७८ असार ५ गते काँग्रेसको केन्द्रीय समिति बैठकले पार्टीका सम्पूर्ण संगठनात्मक संरचनाको अधिवेशन मिति सार्वजनिक गरे अनुसार जिल्ला अधिवेशन साउन २६ गते हुँदैछ । त्यसैले पनि जिल्ला नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन थालेका छन् ।काँग्रेसमा देखा परेको दुई गुट (देउवा र पौडेल) अन्तर्गत नै जिल्लामा