एकताको पखाईमा थापा, लिङ्देन मौन

काठमाडौं, २५ भदौ । महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग हार व्यहोरेर पार्टी परित्याग गरेका कमल थापाले फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीमा इन्ट्रीको तयारी गरेका छन् । महाधिवेशनमा पराजय व्यहोरेसँगै राजा र राजसंस्थालाई गाली गर्दै पार्टीबाट बाहिरिएका थापा २ वर्ष नबित्दै फेरि सोही एजेण्डामा फर्किसकेका छन् । राप्रपाबाट बाहिरिएका थापाले राप्रपा नेपाल गठन गरे । राप्रपा परित्यागपछि थापाले गणतन्त्र […]