अफगानिस्तानको मस्जिदमा बम आक्रमण

काठमाडौँ– अफगानिस्तानमा गराइएको बम आक्रमणमा एक जनाको मृत्यु भएको छ । उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा रहेको एक मस्जिदमा गराइएको बम आक्रमणमा अरु ७ जना घाइते भएका छन् । श्रद्धालुहरुले प्रार्थाना गरिरहेका बेला बम विष्फोट भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । गत अप्रिल महिनामा पनि सोही क्षेत्रमा बम आक्रमण भएको थियो […]

सम्बन्धित सामग्री

पाकिस्तानको एक हिन्दु मन्दिरमा रकेट बम आक्रमण हुँदा अर्को मन्दिरमा डोजर चल्यो

गएको पाँच दिनको अवधिमा मात्र पाकिस्तानको कराँचीमा दुईवटा मन्दिरमा आक्रमण भइसकेको छ । आइतबार मात्र आक्रमणकारीले काशमोर क्षेत्रको एक हिन्दु मन्दिरमा रकेट बम आक्रमण गरे भने हिन्दु समुदाय बसोबार गर्ने क्षेत्रवरपर अन्धाधुन्ध गोली चलाए ।

अफगानिस्तानको राजधानी काबुलमा बम आक्रमण

काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलमा आइतबार बम आक्रमण भएको छ । बम आक्रमणमा परी केही मानिस हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन् । ‘आज बिहान सैनिक एयरपोर्टको गेटबाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा केही नागरिकको मृत्यु र घाइते भएका छन्,’ प्रवक्ताले आइतबार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । उनले घटनाबारे […]

युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण

युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण भइरहेपछि संयुक्त राष्ट्र सङ्घले आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले जापोरिजा वा अरू कुनै पनि आणविक भट्टीमा आक्रमण हुँदा भयावहस्थिति उत्पन्न हुने भन्दै तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गर्नुभएको हो । राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठकमा यही विषयमा छलफल समेत भइरहेको बीबीसीले जनाएको छ । राष्ट्र सङ्घको परमाणु निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले संवेदनशील घडी आएको बताउनु भएको छ । यो आणविक भट्टीमा कम्...

पाकिस्तानको उत्तरी वजिरिस्तानमा आत्मघाती बम आक्रमण

काठमाडौं– पाकिस्तानमा गराइएको आत्मघाती बम आक्रमणमा दुई जना सैनिक घाइते भएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको उत्तर वजिरिस्तानमा रहेको एक सुरक्षा चौकलाई लक्षित गर्दै आत्मघाती बम आक्रमण गराइएको हो । विस्फोटका कारण दुई सैनिक तथा अन्य दुई जना बालबालिका घाइते भएका छन् । उत्तर वजिरिस्तानको जातीय इलाकाको रजमाक क्षेत्रमा आत्मघाती बम आक्रमण भएको पाकिस्तानबाट प्रकाशित […]

सुरक्षा जाँच चौकीलाई लक्षित गरी पाकिस्तानमा बम आक्रमण

काठमाडौं– पाकिस्तानको बारा क्षेत्रमा बम आक्रमण भएको छ । प्रहरी जाँच चौकीलाई लक्षित गर्दै अज्ञात व्यक्तिहरूले बम प्रहार गरेको सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । रमजानको व्रत जारी रहेकाले व्रत तोड्ने समयमा आक्रमण भएको बताइएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले प्रहरी जाँच चौकीलाई लक्षित गरी बम फ्याँकेर […]

सोमालियाको राष्ट्रपति कार्यालयनजिक बम आक्रमण, सात जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।  साथै सो आक्रमणबाट अरू ९ जना घाइते भएको बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ ।  शनिवार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ । यहाँका एकजना प्रहरी अधिकारीले प्रहरी चौकीनजिकै केही व्यक्तिले विस्फोटक पदार्थले आक्रमण गरेका थिए ।  आक्रमणका क्रममा एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ । सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब विद्रोही समूहले गरेको ...

जम्मु-कश्मिरमा भाजपाका नेताको घरमा बम आक्रमण, एकको मृत्यु

२९ साउन, काठमाडौं । भारतको जम्मु-कश्मिरमा भारतीय जनता पार्टीका एक नेताको घरमा बम आक्रमण भएको छ । भारतीय सञ्चारमाध्यमले बताए अनुसार जम्मु-कश्मिरको राजौरी जिल्लास्थित भाजपाका मण्डलाध्यक्ष जसवीर सिंहको घरमा ग्रिनेड आक्रमण भएको हो । बिहीबार राति भएको यो आक्रमणमा उनका भतिजाको मृत्यु भएको छ र परिवारका अन्य सातजना मानिसहरु गम्भीररुपमा घाइते भएका छन् । स्थानीय […]

इदको पूर्वसन्धामा बगदादमा बम आक्रमण, ३५ जनाको मृत्यु

इराकको राजधानी बगदादमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ।  इदको लागि सामान खरिद गर्न मानिसको भिड रहेको बजारलाई लक्षित गर्दै बम आक्रमण गरिएको अलजजिराले उल्लेख गरेको छ। सदर शहरको वाहालिट बजारमा गराइएको विस्फोटमा महिला र बालबालिका समेत मारिएका छन्। इस्लामिक स्टेटले आफ्नो लडाकूहरुले आत्मघाती बम विस्फोट गरेको स्वीकारेको…

भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण, मन्त्रीसहित तीन जना घाइते

काठमाण्डाै - भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण भएको छ । पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बम आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति मुर्सिदावादको रेलवे स्टेशनमा भएको बम आक्रमणमा मन्त्री हुसेन घाइते हुनु भएको छ । पेटमुनि चोट लागेका उहाँलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ । स्थानीय प्रहरीकाअनुसार आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन् । कलकत्ता जानका लागि रेलवे स्टेशनमा पुगेका हुसेनमाथि बम हमला भएको त्यहाँको प्रहरीले जनाएको छ । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । य...

बग्दादमा आत्मघाती बम आक्रमण, २८ जनाको मृत्यु (भिडियो)

इराकको राजधानी बग्दादमा बिहीवार दुईवटा आत्मघाती बम आक्रमण गरिएका छन् । विस्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ र ७३ जना घाइते भएका छन् ।    तायारान स्क्वेयरमा दुईवटा विस्फोट भएका थिए । उक्त क्षेत्रको व्यस्त बजारमा आत्मघाती आक्रमणकारीहरूले भेस्टमा बम राखेर पड्काएको प्रत्यक्षदर्शीहरूले बताए ।  आक्रमणपछि इराकले व्यापक सुरक्षा उपाय अपनाएको छ र आक्रमणस्थल जाने बाटोहरू बन्द गरेको छ । घाइते र हताहतको संख्या यकिन गर्न र क्षतिको विवरण संकलन गर्न ग्रीन जोन बनाइएको छ ।  मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।...