चैत महीनामा घट्यो कुमारी इक्वीटी फण्डको नाफा

वैशाख ११, काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डको नाफा चैत महीनामा कम भएको छ ।  आइतवार सार्वजनिक योजनाको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार रू. ४ करोड २३ लाखभन्दा बढी नाफा गरेको देखिएको हो । यो नाफा फागुन मसान्तसम्म भने रू. ५ करोड ६१ लाखभन्दा बढी थियो । चैत महीनामा आम्दानी घटेको र खर्च बढी भएकाले योजनाको नाफामा कमी आएको हो ।  फागुन महीनामा रू. ६ करोड ९५ लाखभन्दा बढी आम्दानी गरेको यस योजनाले चैत महीनामा रू. ५ करोड ७४ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो । त्यस्तै फागुन महीनामा रू. १ करोड ३४ लाखभन्दा बढी खर्च गरेको योजनाले चैत महीनामा रू. १ करोड ५० लाखभन्दा बढी खर्च गरेको हो । धितोपत्रमा लगानी गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित बन्दमुखी प्रकृतिको यस योजनाले चैत मसान्तसम्म कमिशन सहित धितोपत्रमा लगानी गरेको लागत मूल्य रू. ७७ करोड १२ लाखभन्दा बढी छ ।  योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने रू. ५४ करोड ७६ लाखभन्दा बढी मात्र देखिन्छ । धितोपत्र दोस्रो बजार घट्दा योजनाले लगानी गरेको सूचीकृत कम्पनीको धितोपत्र मूल्यमा पनि कमी आएकाले बजारमूल्य कम देखिएको हो । योजनाको बैंक मुद्दती निक्षेपमा भने रू. १५ करोड रहेको छ । फागुन महीनासम्म रू. १ अर्ब ७ करोडभन्दा बढी रहेको खुद सम्पत्ति मूल्य चैत मसान्तसम्म रू. १ अर्ब ६ करोडभन्दा बढी कायम भएको छ । प्रतिइकाई खुद मूल्य फागुन मसान्तसम्म रू. १० दशमलव ७७ रहेकोमा चैत मसान्तसम्म रू. १० दशमलव ६४ मा झरेको छ ।  यस योजनाले १० करोड इकाई जारी गरेको थियो । २०७७ साल चैत ५ गतेदेखि सञ्चालित १० वर्षे अवधिको यस योजना २०८७ साल चैत ४ गते परिपक्व हुनेछ ।

सम्बन्धित सामग्री

कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाको न्याभ घट्यो,अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार दुवै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाखमा केही घटेको छ । कुमारी धनवृद्धि योजनाको न्याभ चैत मसान्तसम्म १० रुपैयाँ ४० पैसा रहेकोमा वैशाख मसान्तमा १० रुपैयाँ २३ पैसा कायम भएको छ । त्यस्तै कुमारी इक्वीटी फण्डको न्याभ वैशाख मसान्तसम्म १० रुपैयाँ १ पैसा रहेको छ । चैत महीनामा यस फण्डको न्याभ १० रुपैयाँ २८ पैसा थियो ।  त्यस्तै कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्म रू. ३ करोड ४ लाख नाफा कमाएको छ । यो नाफा चैतको तुलनामा ४५ प्रतिशत कम हो । चैत मसान्तसम्म फण्डले रू. ५ करोड ५५ लाख नाफा कमाएको थियो । वैशाख महीनामा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ७ करोड २५ लाख रहेकोमा वैशाख मसान्तमा घटेर रू. ४ करोड ९२ लाखमा झरेको हो । सूचीकृत धितोपत्रमा लगानी भने बढाएको छ । फण्डले चैत मसान्तसम्म सूचीकृत धितोपमा रू. ४७ करोड ५६ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्म रू. ५४ करोड ४८ लाख पुगेको छ ।  कुमारी इक्वीटी फण्ड भने वैशाख मसान्तसम्म रू. ३ करोड २५ लाख नोक्सानीमा रहेको छ । चैत महीनामा पनि फण्ड रू. ५४ लाख ४२ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ । फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले फण्डको नोक्सानी बढेको हो । चैत मसान्तसम्म फण्डले रू. ८८ लाख २२ हजार आम्दानी गरेको थियो । वैशाख मसान्तमा भने फण्डको जम्मा आम्दानी रू. १ करोड ६६ लाख ऋणात्मक रहेको छ । वैशाख मसान्तसम्म फण्डले सूचीकृत धितोपत्रमा रू. ५८ करोड ४६ लाख लगानी गरेको छ । कुमारी इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्