३ दिनमै कुल बजार पूँजीकरण १ खर्ब ६२ अर्बले घट्यो, उत्पादन तथा प्रशोधन उपसमूहका लगानीकर्ताले सर्वाधिक गुमाए

फागुन २१, काठमाडौं । सातामा पाँच कारोबार दिन सञ्चालनमा रहने धितोपत्र दोस्रो बजार यो साता तीन कारोबार दिनमात्र सञ्चालन भयो । फागुन १७ गते महाशिवरात्रि र फागुन १९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदाका कारण धितोपत्र दोस्रो बजार बन्द भएको हो । तीन कारोबार दिनमा लगानीकर्ताले यो साता रू. १ खर्ब ६२ अर्बभन्दा बढीको सम्पत्ति गुमाएका छन् । कुल बजारपूँजीकरण गत साताको तुलनामा यो साता घटेको छ । गत साताको अन्तिम कारोबार दिन फागुन १२ गते रू. ३७ खर्ब ६९ अर्ब रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन फागुन १८ गते रू. ३६ खर्ब ७ अर्ब ६० करोड ८० लाखमा झरेको हो । गत साता २ हजार ६६१ दशमलव ४४ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ५४७ दशमलव शून्य ४ विन्दुमा झरेको हो । साताको तीन दिन कै कारोबारमानेप्से परिसूचक निरन्तर घटेको छ । त्यस्तै गत साता ५०७ दशमलव ५८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४८८ दशमलव ८३ विन्दुमा झरेको छ । ठूला कम्पनीको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स यो साता १८ दशमलव ७५ विन्दु तल झरेको हो । यसै साता सरकारले एमसीसी सम्झौता पारित गरेको थियो । एमसीसी सम्झौता अन्तर्गतको अधिकांश रकम जलविद्युत् क्षेत्रमा लगानी हुने भएकाले धितोपत्र दोस्रो बजारमा सूचीकृत जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक प्रभाव पर्ने विश्लेषकहरुको अनुमान थियो । पछिल्लो समय सर्वाधिक कारोबार रकमको हिस्सा ओगट्दै आएको जलविद्युत् समूहअन्तर्गतका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि हुँदा समग्र बजारलाई सकारात्मक प्रभाव पार्ने पनि अधिकांश लगानीकर्ताको अनुमान थियो । तर, एमसीसी अनुमोदनपछिको पहिलो कारोबार दिन जलविद्युत् समूह अन्तरर्गतका कम्पनीमा लागनी गर्ने लगानीकर्ताहरुलेनै सर्वाधिक गुमाउन पुगे । साता भरीको उतारतढाव बीच नेप्से परिसूचक अन्तिम कारोबार दिन भने २ हजार ६०० विन्दु तल झरेको छ ।  यो साता तीन दिनमात्र कारोबार भएकाले पनि गत साताभन्दा कारोबार रकम र कित्ता घटेको छ । गत साता रू. १७ अर्ब ७२ करोडभन्दा बढीको ३ करोड २९ लाख ३५ हजार २४३ कित्ता शेयर कारोबार भएकोमा यो साता तीन कारोबार दिनमा रू. १० अर्ब ५५ करोडभन्दा बढीको २ करोड २५ लाख २७ हजार ६८२ कित्ता शेयर कारोबार भएको हो । यो अवस्थामा संयम भएर कारोबारमा सहभागी हुन अनुभवि लगानीकर्ता सिर्जना सुवेदीले आग्रह गरेकी छिन् । सुवेदीले शेयर बजार बढ्न हरेक पटक शेयर बजारको प्रणाली, प्रक्रिया र काम गर्ने मोडालिटीमा भएको परिवर्तनले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।  ‘बजारको स्वरुप ओपन क्राइडबाट कम्प्युटराइज हुँदा होस् या डिम्याटको व्यवस्था हुँदा होस् हालसम्मको अवस्थामा अनलाईन कारोबार प्रणालीलेनै बजारलाई परिवर्तन गरेको छ,’ उनले भनिन् । यो परिवर्तनले अर्को बुलको इतिहास बनाउनेमा सुवेदीले ढुक्क हुन लगानीकर्तालाई आग्रह गरेकी छिन् । बजार आफ्नै बाटोमा उभो लाग्ने भन्दै उनले आत्तिने र मात्तिने नगर्न सबैमा अनुरोध समेत गरेकी छिन् । यो साता उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक गुमाए  निरन्तर नेप्से परिसूचक घटेको यो साता सबै समूहगत परिसूचकहरु पनि घटेका छन् । यो साता उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । गत साताको तुलनामा उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ६ दशमलव ५९ प्रतिशतले घटेको छ । यो साता वित्त समूहको परिसूचक ६ दशमलव ०७ प्रतिशत, जीवन बीमा समूहको ६ दशमलव शून्य ८ प्रतिशत, व्यापारिक समूहको ५ दशमलव ५३ प्रतिशत, विकास बैंकको ५ दशमलव ५१ प्रतिशत,लगानी समूहको ५ दशमलव ४५ प्रतिशत, जलविद्युत् समूहको ५ दशमलव ४१ प्रतिशत परिसूचक घटेको छ ।  त्यसैगरी निर्जीवन बीमा समूहको ५ दशमलव २१ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव ९४ प्रतिशत, बैंकिङ समूहको ३ दशमलव १४ प्रतिशत, ‘अन्य’ समूहको ३ दशमलव शून्य ६ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव २० प्रतिशत र लगानी समूहको सबैभन्दा कम १ दशमलव ९२ प्रतिशत परिसूचक घटेको छ ।  

सम्बन्धित सामग्री

जडिबुटी प्रशोधन गर्न उपकरण जडान

जाजरकोट– कर्णालीकै पहिलो जडिबुटी प्रशोधन केन्द्र निर्माण कार्य पूरा भएपछि उपकरण जडानकार्य सुरु भएको छ । करिब आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्र निर्माण कार्य सुरु गरिएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वरका उपप्रबन्धक धर्मलाल नेपालले जानकारी दिए । दसैंभित्र प्रशोधनका काम सुरु गर्न लागिएको छ । जाजरकोटको भेरी नगरपालिका–१ र ३ को […]

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी फेरि घाटामा

काठमाडौं । सरकारी स्वामित्वमा रहको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि विश्व बजारमा देखिएको आर्थिक मन्दीको प्रभाव परेको छ । पछिल्ला केही वर्ष मुनाफामा रहेको कम्पनीले चालु आर्थिक वर्षमा घाटा बेहोर्नु परेको छ । यद्दपि कम्पनीलाई मुनाफामा लैजान बजार व्यवस्थापनसहित नयाँ शाखा खोल्ने र निर्यात बढाउने तयारी भइरहेको कम्पनीले जनाएको छ । जडिबुटी उत्पादन तथा […]

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी

डीबुटी उत्पादन तथा प्रशोधन कम्पनील ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले शुक्रबार सूचना जारी गर्दै दुई दर्जन भन्दा बढी पदमा आवेदन माग गरेको हो।

अब डडेल्धुरामै भटमास प्रशोधन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा भटमास प्रशोधन तथा उत्पादन उद्योग संचालनमा आएको छ । प्रदेशको पहिलो उद्योगको रुपमा स्थापना भएको फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेडले औपचारिक कार्यक्रम गर्दै शनिबारदेखि भटमासको उत्पादन परिक्षण गरि संचालनमा ल्याएको हो । करिब ५० करोड अधिकृत पुँजी रहेको जाईन्टमा खाने तेल, लुगा धुने साबुन, कुखुराको लागि पेलेट दाना, सोया […]

धरानमा फोहोर प्रशोधन गरेर ग्याँस र मल उत्पादन सुरु

सहरको फोहाेरलाई प्रशोधन गरेर ग्याँस र मल उत्पादन गर्ने उद्योग धरानमा सञ्चालन भएको छ।धरान ६ स्थित पानवारीमा भेञ्चर वेष्ट टु इनर्जी प्रालिले फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो।...

धरानमा फोहोर प्रशोधन केन्द्र, प्रधानमन्त्री देउवाले गरे उद्‍घाटन

फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरि धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्र मंगलबार उद्‍घाटन गरिएको  छ। गत बैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोनाको कारण केही काम हुन बाँकी...

उदयपुरमा नीजि लगानीमा जडिबुटी प्रशोधन भवन बन्ने

सदरमुकाम गाईघाट बजारमा सम्राट आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका अनिल कटुवालले त्रियुगा नगरपालिका १३ असारीमा ‘धनवन्ती आयुर्वेद उत्पादन तथा प्रशोधन केन्द्र’ भवन बनाउन लागेका हुन्।...

उदयपुरमा नीजि लगानीमा जडिबुटी प्रशोधन भवन बन्ने

सदरमुकाम गाईघाट बजारमा सम्राट आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका अनिल कटुवालले त्रियुगा नगरपालिका १३ असारीमा ‘धनवन्ती आयुर्वेद उत्पादन तथा प्रशोधन केन्द्र’ भवन बनाउन लागेका हुन्।...

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ । करिब रु आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । भेरी नगरपालिका–३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उनले बताए । बुधबार भवनको औपचारिकरुपमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरे । जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको

दाङमा पहिलो पटक गाँजा उत्पादन तथा प्रशोधन तालिम

दाङको तुलसीपुरमा पहिलो पटक गाँजा उत्पादन तथा प्रशोधन तालिम भएको छ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित भूँयार थानमा शुक्रबार र शनिबार दूई दिने तालिम सञ्चालन गरिएको हो।