नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेट असोज २३ देखि

१४ असोज, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय अन्तर्गत महिला क्रिकेट भने असोज २३ गतेदेखि नै सुरु हुनेछ । राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको खेलतालिका अनुसार महिला क्रिकेट असोज २३ देखि कात्तिक १ गतेसम्म हुने छ […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद: आज ३० वटा खेल हुँदै

काठमाडौं, कात्तिक १ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज मंगलबार विभिन्न ३० वटा खेल हुँदैछन् । मंगलबार हुने खेलमा पोखरा रङ्गशालामा एथलेटिक्स, महिला क्रिकेट, रंगशालाकै कभर्डहलमा ब्याडमिन्टन र पोखराकै गोस्टेघाट रंगशालामा पुरुष फुटबल हुनेछन् भने पोखरा रंगशालामै टेनिस, बक्सिङ, सफ्ट टेनिस र पुरुष भलिबलका खेलहरु हुनेछन् । यस्तै पोखरा रङ्गशालामै पुरुष बास्केटबल, त्यहाँकै कभर्ड हलमा […]

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज पनि विभिन्न खेलहरु हुँदै

काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज आइतबार पनि विभिन्न खेलहरु हुँदैछन् । आइतबार हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, महिला क्रिकेट, पुरुष फुटबल, टेनिस, बक्सिङ, पुरुष भलिबल, सफ्ट टेनिस, स्क्वास, उसु, आर्चरी तथा पुरुष बास्केटबल पोखरा रंगशाला हुँदैछन् । महिला फुटबल र महिला भलिबल म्याग्दीमा हुनेछ । […]

नवौं राष्ट्रिय खेलकुद : लुम्बिनीको फराकिलो जित, कर्णाली २३ रनमा अलआउट

२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित हात पारेको छ । समूह बी अन्तर्गत बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १०४ रनको फराकिलो अन्तरले हराएको हो । लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पछ्याएको कर्णाली लुम्बिनीको बलिङ सामु धेरै बेर टिक्न सकेन । कर्णाली […]

नवौं राष्ट्रिय खेलकुद : रितुको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी

२५ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पहिलो जित निकालेको छ । रितु कनौजियाले अलराउण्ड प्रदर्शन गरेपछि सुदूरपश्चिमले मंगलबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । जितपछि सुदूरपश्चिमले समूह ए मा २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा सुदूरपश्चिम बागमती प्रदेशसँग पराजित भएको थियो […]

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट सुरु : मधेश प्रदेशको विजयी सुरुवात

काठमाण्डौ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आजदेखि सुरु भएको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा मधेश प्रदेशले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै अलआउट भयो । गण्डकी प्रदेशका लागि शीला क्षेत्रीले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् । मधेश प्रदेशकी अनुराधा चौधरीले ४ विकेट लिइन । कविता गौतम र शान्ति चौधरीले समान २/२ विकेट लिए । त्यसअघि ...

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेट आजदेखि

२३ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा क्रिकेट रंगशालाको मैदानमा पहिलो दिन दुई खेल हुनेछ । उदघाटन खेलमा समूह ‘ए’ मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल समूह ‘ए’ […]

एकसातापछि महिला क्रिकेट, पीच मर्मत गरिदैं

दोस्रो आईतबार(२३ गते)देखि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ। गण्डकी प्रदेशले मधेश प्रदेशसँग पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल खेल्ने छ।...