एनएमबि बैंक–रेमिट हाइड्रो परियोजना लगानी समझदारी

काठमाडौं (अस) । एनएमबि बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्साखोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश घुन्साखोला जलविद्युत् आयोजना रेमिट हाइड्रोद्वारा प्रवद्र्घित कम्पनी हो । आयोजनामा रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी  तथा रेमिट्यान्सकर्ताको लगानी रहनेछ । एनएमबि बैंकले समझदारीपत्रमा हस्ताक्षरपछि अन्य बैंक तथा वित्तीय संस्थालाई सामेल गराई सह–वित्तीयकरण गठन गरी आयोजनाको वित्तीय व्यवस्थापन गरिनेछ । घुन्साखोला जलविद्युत् आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहेको छ । एनएमबि बैंकले हालसम्म ४६ जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ । बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिएको बताएको छ । हाल बैंकले २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

एनएमबि बैंकले लगानी सहज बनाउन यूएसएआईडी ट्रेडसँग गर्‍यो समझदारी

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ, जलवायु फाइनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्य अन्तर्गत बैंकले दीगो रूपमा लघु, साना र मझौला व्यवसायहरुका लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक […]

एनएमबि बैंक लिमिटेड र विन्ड पावर नेपालबीच समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने

एनएमबि बैंकले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त समझदारी पत्र बमोजिम बैंकले विन्ड पावर नेपालबाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउने जनाइएको छ  ।हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखी १० गुणा बढी उत्पादन गर्न सक्दछ ।उत्पादन चक्र छिटो छ र उत्पादित वस्त

एनएमबि बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युतमा तीन कम्पनीले लगानी गर्ने

एनएमबि बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी तथा मोदी जलविद्युत कम्पनीबीच ४२ मेगावाट क्षमताको कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा अवस्थित माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न सर्त समझदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको छ । मोदी जलविद्युत कम्पनीको मुख्य […]

एनएमबि बैंक र रेमिट हाइड्रो बीच परियोजना लगानी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, ५ फागुन । एनएमबि बैंक लि. र रेमिट हाइड्रो लिमिटेड बीच समझादारी भएको छ । दुई कम्पनीबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रो लि. द्घारा प्रवद्र्घित आयोजना हो । रेमिट हाइड्रो […]

घुन्सा खोलामा एनएमबिले लगानी गर्ने

एनएमबि बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारी भएको छ ।...

७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युतमा एनएमबि बैंकले लगानी गर्ने

काठमाडौं । रेमिट हाइड्रोले बनाउन लागेको ताप्लेजुङमाको घुन्सा खोला जलविद्युत आयोजनामा एनएमबि बैंकले लगानी गर्ने भएको छ । एनएमबि बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रोद्वारा प्रवर्द्धित आयोजना...

एनएमबि बैंक र रेमिट हाइड्रोबीच परियोजना लगानीमा सम्झौता

एनएमबि बैंक लि. र रेमिट हाइड्रो लि. बीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।  सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रो लि. द्घारा प्रवद्र्घित आयोजना हो ।  रेमिट हाइड्रो लि.को मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने छ । एनएमबि बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुल...