स्वास्थ्यलाभ गरेर माओवादी नेता पुन स्वदेश फर्किँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर सोमबार स्वदेश फर्कंदै छन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बेलुका चार्टर विमानमार्फत नेता पुन नेपाल आउन लागेका हुन् । सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत दिएका छन् । नेता पुनको […]

सम्बन्धित सामग्री

माओवादी नेता पुन आज स्वदेश फर्किँदै

नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्कंदै छन् । पुन पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ अपराह्न नेपाल आउन लागेका हुन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो ।  उनको स्वास्थ्य अवस्था हाल सामान्य बनेको बताइएको छ।  वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभ

माओवादी नेता पुन आज स्वदेश फर्किँदै

काठमाडौं । गत असोजमा स्वास्थ्य उपचारका लागि बिदेश गएका माओवादी केन्द्रका नेता वर्षमान पुन आज (सोमबार) स्वदेश फर्कँदैछन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेका हुन् ।

महासचिवका दाबेदार माओवादी नेता वर्षमान पुन डिस्चार्ज, स्वदेश फर्किँदै

काठमाण्डाै - चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन डिस्चार्ज हुनु भएको छ । अस्पतालबाट डिस्चार्ज भएका उहाँ आज नेपाल आउन लागेका अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले बताउनु भएको छ । दिपेशले सामाजिक सञ्जालमार्फत नेता वर्षमान पुन डिस्चार्ज भएर नेपाल आउन लागेको जानकारी गराउनु भएको हो । जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्यान्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको हो । उहाँ तीन महिना भन्दा लामो उपचार पछि स्वदेश फर्किन लाग्नु भएको हो । पुन माओवादी केन्द्रको एक महास...