नदीमा डुबेर बालिकाको मृत्यु

२८ असार, वीरगञ्‍ज। बारामा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका-८ जमुनिया बस्ने अब्दुल कलामकी ९ वर्षीया छोरी रोशन ताराको नदीमा डुबेर मृत्यु भएको हो । उनी जमुनी नदीको किनारमा बाख्रा चराउन गएकी थिइन् । नदीमा हात खुट्टा धुने क्रममा लड्दा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव […]

सम्बन्धित सामग्री

कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु

धनगढी – कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटन नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी बालिकाकोको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

नदीमा डुबेर बालिकाको मृत्यु

गोदावरी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ । कैलालीको गोदावरी नदीमा नुहाउने क्रममा डुबेर गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु भएको हो ।साथीहरूसँग नुहाउन गएका बेला बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । बालिकाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

महाकाली नदीमा डुबेर बालिकाको मृत्यु

३१ असार, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका-४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो । बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमाण्डमा १० जनाको टोली र इलाका […]