भारततर्फ इन्धन तस्करी भयावह

भारतमा इन्धनको मूल्य आकासिएपछि विभिन्न माध्यमको प्रयोग गर्दै नेपालबाट भारततर्फ इन्धन तस्करी पछिल्लो समय अत्याधिक रूपमा बढेको छ । भारतभन्दा नेपालमा पेट्रोलिमय पदार्थ सस्तो भएको कारण नेपालगञ्ज र आसपासको क्षेत्रबाट लामो समयदेखि भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुँदै आएको छ ।