ग्वादरमा चिनियाँ परियोजनाको स्थानीयले गरे विरोध

पाकिस्तानको बन्दरगाह शहर ग्वादरमा स्थानीयहरूले विरोध प्रदर्शन गर्न थालेका छन् । चीन पाकिस्तान आर्थिक कोरिडोर अन्तर्गत बेइजिङले ग्वादर बन्दरगाह निर्माण गरिरहेको हो ।  ग्वादर बन्दरगाह बनेको भए पनि शहरमा मानिसहरू बेरोजगार रहेको मौलाना हिदायत उर रहमानले बताए । उनी ग्वादर अधिकार अभियानका प्रमुख हुन् ।  उनले भने, ‘हामीसँग विद्युत् वा ऊर्जा छैन । अनेकौं सुरक्षा चेकपोइन्टमा हामीलाई घरिघरि रोक्दा अपमान अनुभव गर्छौं ।’ स्थानीय माछा मार्नेहरूले चिनियाँ जहाजलाई इस्लामाबादले माछा मार्ने अनुमति दिएकाले ...