बजेटमा निजी क्षेत्रका विभिन्न संघ–संस्थाको मिश्रित प्रतिक्रिया

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रका विभिन्न संघ–संस्थाहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । समग्रमा बजेट सकारात्मक देखिएपनि कार्यान्वयनमा चुनौती रहेको उनीहरूको भनाइ छ । मंगलम इन्डस्ट्रिजका म्यानेजिङ डिरेक्टर अभिनव चुरिवालले गत वर्षहरूकै जस्तै धेरै महत्वाकांक्षी बजेट आएको तर कार्यान्वयनको पक्ष स्पष्ट नभएको बताएका छन् । उनले राष्ट्रिय स्तरका ठूला आयोजनाहरू...

सम्बन्धित सामग्री

अर्थतन्त्रका विषयमा सबै पक्षबीचको छलफलले मनोबल बढाउँछ : निजी क्षेत्र

काठमाडौँ : मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा सरकारका सबै पक्षसँग भएको छलफलले मनोेबल बढ्ने  निजी क्षेत्रले बताएको छ। मंगलवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका सबै निकायसहित निजी क्षेत्रसँग भएको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा निजी क्षेत्रले यस्तो प्रतिक्रिया दिएको हो।अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रसँग सरकारले थालेको छलफल सकारात्मक भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले यस्तो बताएको हो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद

निजी क्षेत्रका ३२ कार्यक्रम, कार्यान्वयन सुस्त

चालु आर्थिक वर्षको बजेटमा औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धन, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन र निजी क्षेत्र प्रवद्र्धन शीर्षकमा ३२ वटा बुँदा समेटिएका छन् । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्र र यससँग सम्बन्धित कार्यक्रमहरुको चाङ देखेर बजेटप्रति सानाठूला सबै व्यवसायी आशावादी देखिए र सकारात्मक प्रतिक्रिया पनि दिए । तर, असार २४ सम्म […]

‘बजेटले विगतमा जस्तै पूर्वलाई सौतेनी व्यवहार गरेको छ’

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे अहिले सर्वत्र चर्चा छ । बजेटसँग सरोकार राख्ने निजी क्षेत्र, अर्थशास्त्री, कामकाजी वर्गदेखि सर्वसाधारण नागरिकले समेत यसका पक्ष विपक्षमा वहस गरिरहेका छन् । खासगरी निजी क्षेत्रका छाता संगठनहरुले बजेटबारे प्रतिक्रिया दिने प्रचलन भए पनि मोफसलका उद्योगी व्यवसायीले आफ्ना धारणा सार्वजनिक गर्ने कमै मौका पाउने छन् […]

रंग उद्योगको कच्चा पदार्थमा भन्सार महशुल पुनर्विचार गर्न माग

वीरगन्ज-सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि सार्वजनिक बजेटमा केही पुनर्विचार गर्नुपर्ने उद्योगी–व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गरेको बजेटमा यसपटक निजी क्षेत्र उत्साहित छ । तर, केही कच्चा पदार्थमा भन्सार महशुल वृद्धि गरेकोले यसलाई पुनर्विचार गर्नुपर्ने उनीहरुको भनाइ छ । खासगरी स्वदेशमा आत्मनिर्भर उन्मुख भएको रंग उद्योगमा प्रयोग हुने कच्चा […]

बजेट सकारात्मक, कार्यान्वयन पक्ष चुनौतीपूर्णः निजी क्षेत्र

काठमाडौं, जेठ १६ । सरकारले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नयाँ बजेटप्रति प्रतिक्रिया दिँदै निजी क्षेत्रले यो बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयनको पक्ष चुनौतीपूर्ण भएको बताएको छ । निजी क्षेत्रका संघीय प्रतिनिधिमूलक तीनवटा छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले यो बजेटले आफ्ना धेरै […]

बजेटबाट निजी क्षेत्र उत्साहित छ : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी आर्थिक वर्षको बजेट सकरात्मक आएको बताएका छन् । उनले बजेटपछि प्रतिक्रिया दिँदै सरकराले स्वागतयोग्य बजेट ल्याएको बताए ।उनले साना र मझौला उद्योगी व्यवसायीलाई विना धितो कर्जा दिने व्यवस्था उत्कृष्ट भएको बताए । यस्तै, स्टार्टअपलाई सहुलियत दिने व्यवस्था समेत स्वागतयोग्य भएको गोल्छाले बताए ।यसका साथै, स्टिल, सिमेन्ट र फुटवेयरमा निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्थाले नेपालको निर्यातलाई सुधार्ने गोल्छाको भनाइ छ ।

नीति तथा कार्यक्रम सन्तुलित तर कार्यान्वयन चुनौतिपूर्ण  : निजी क्षेत्र

जेठ १०, काठमडौं । निजी क्षेत्रले सरकारले मंगलवार आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम सन्तुलित तर कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत् सरकारको नीति तथा कार्यक्रम सन्तुलित देखिएको बताएका छन् । उनले निजी क्षेत्रलाई दिएका सुझाव बजेटमा समावेश हुने संकेत यसपटकको नीति तथा कार्यक्रमले गरेको पनि बताएका छन् ।  ‘समग्रमा नीति तथा कार्यक्रम सकारात्मक छ’, उनले भनेका छन्, ‘निजी क्षेत्रले उठाएका माग धेरै हदसम्म पूरा भएको छ ।’  नीति तथा कार्यक्रममा निजी क्षेत्रको महत्वलाई बढावा दिइएको उल्लेख गर्दै उनले पुर्वाधार र कृषिलाई दिइएको प्राथमिकताले पनि उद्यमशीलता र उद्योग क्षेत्र विस्तारका लागि सहज हुने बताएका छन् । यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने गरी आएको बताएका छन् । नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै अध्यक्ष अग्रवालले औद्योगिकरणका लागि सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको बताएका छन् ।  कृषिलाई आर्थिक वृद्धि र रोजगारीको संवाहकको रूपमा अघि बढाइने घोषणाले कृषि क्षेत्रको सुधारमा सहयोग पुग्ने भन्दै परिसंघले कृषि रवनलाई औद्योगिक उत्पादनसँग जोड्न सके ती क्षेत्रको औद्योगीकरणमा सहयोग पुग्ने बताएको छ ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नेपालको औद्योगीकरणतर्फ केन्द्रित रहेको पनि परिसंघले बताएको छ । स्वदेशी उत्पादन र उपभोग दशक कार्यक्रम परिसंघको माग अनुसार आएको उनको भनाइ छ । उद्योगमा जग्गाको हदबन्दी जस्ता कार्यक्रम पनि परिसंघले पहिल्यैदेखि उठाएको मुद्दा भएको अग्रवालको भनाइ छ ।  परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ लाई सहयोग गर्ने गरी नीति तथा कार्यक्रम आएको पनि उनले बताएका छन् ।  परिसंघले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि पूर्वाधार विकास गर्ने, प्राविधिक शिक्षाको विकास गरिने, आधारभूत औषधी स्वदेशमै उत्पादन गर्ने, सिंचाईको सुविधा विस्तार गर्ने जस्ता नीति तथा कार्यक्रमलाई सकारात्मक रुपमा लिएको बताएको छ । त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । उनले नीति तथा कार्यक्रमले उत्पादन मुलक क्षेत्र र कृषि उत्पादनलाई प्रोत्साहन गरेको बताए । उत्पादनमुलक उद्योगलाई प्रोत्साहन, व्यापार सहजीकरण, घरजग्गा कारोबार व्यवस्थापन जस्ता विषय प्रारम्भिक रुपमा सकारात्मक देखिएको उनले बताए । ‘नीति तथा कार्यक्रम सकारात्मक छ तर कार्यन्वयन चुनौतीपूर्ण छ’, मल्लले भनेका छन्, ‘यसलाई बजेटले कसरी प्रस्ष्ट्याउँछ हेर्न बाँकी छ ।’

मौद्रिक नीतिको समिक्षाबाट निजि क्षेत्र निराश:- शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा व्यवस्था गरेको नीतिले निजी क्षेत्र निराश भएको बताएका छन् ।सोमबार मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि नीजि क्षेत्र चूनौती सामना गरेर अगाडी बढेको छ । मौद्रिक नीतिको समिक्षापछि नीजि क्षेत्र अझ नो रिक्स,नो गेन भनेर नै जोखिम

मौद्रिक नीतिको समिक्षाका व्यवस्थाले निजी क्षेत्र निराश : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा व्यवस्था गरेको नीतिले निजी क्षेत्र निराश भएको बताएका छन्। न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया...

प्रतिस्थापन विधेयक स्वागतयोग्य : निजी क्षेत्र

सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी तथा उद्योगीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेट प्रतिस्थापन विधेयक साधारण खर्च घटाउने र पुँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएको भन्दै उनीहरुले सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले साधारण खर्च घटाउने र पुँजीगत खर्च बढाउने र वैदेशिक ऋण […]