नारायणहिटी संग्रहालयको श्रीपेच निकाल्न खोज्ने एकजना पक्राउ

प्रदर्शनका लागि नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एक जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । आज शुक्रबार दिउँसो साढे १२ बजे संग्रहालय हेर्न पुगेका खिमबहादुर घर्ती मगरले श्रीपेच निकाल्न खोज्दा सेनाले नियन्त्रणमा लिएको   हो ।

सम्बन्धित सामग्री

हेर्नैपर्ने आज दिनभरका मुख्य १२ खबर

काठमाडौं। सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेश र एकीकृत समाजवादीविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकारगरेको छ। राजा बन्ने लोभमा नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने एकजना पक्राउ परेका छन्।आफुसँग चुनाव लडेर देखाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमाले नेता रामबहादुर थापा बादलले चुनौति दिएका छन्। समाज कल्याण परिषद्का पदाधिकारीद्वारा पदबाट सामूहिक राजीनामा दिएका छन्। सुन प्रतितोला ६ सय रूपैयाँले घटेको छ।

श्रीपेच चोर्न नारायणहिटी छिरेका एकजना पक्राउ

काठमाडौं :  नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच चोर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम रुकुमका खिमबहादुर घर्ती रहेको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। उनी आज बिहान टिकट काटेर नारायणहिटी संग्रहालय छिरेका थिए।घर्तीले म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच राखिएको सिसा फुटाएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। उनलाई अहिले  दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।