झापा : संकटा क्लबमाथि सहज जित निकाल्दै घरेलु टोली झापा ११ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।योसँगै झापा ११ चौथो पटक फाइनलमा प्रवेश गरेको हो। अब उपाधिका लागि फाइनलमा झापा ११ विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ।आर्मीले झापालाई यसअघि फाइनलमा पराजित गर्दै पहिलो, तेस्रो र चौथो सिजनको उपाधि हात पारिसकेको छ। बिर्तामोड-३ स्थित डोमलाल राजवंशी रंगशाला शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा झापाले संकटालाई २-० अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको जितका लागि विमल