काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनाबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएका छन् । उनले आज बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका […]
काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक सुरक्षा, बीमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका साथै सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै सो आवश्यकता औँल्याएका हुन् । गणतान्त्रिक व्यवस्थामा […]
काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन बोलाउन आलटाल गरिरहेको छ। बोलाएको संसद् अधिवेशन पनि स्थगित गरेर सरकारले अध्यादेशको बाटो रोजेको हो । सरकारले अध्यादेशको बाटो रोजिरहँदा बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा पनि सदन बोलाउन विलम्ब नगर्न सांसदले सभापति रवि लामिछानेलाई दबाब दिए । त्यसबारे जवाफ दिँदै सभापति […]