गैंडा गणना आजदेखि सुरु हुँदै

काठमाडौं : दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना आजदेखि सुरु गरिँदैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गैंडा गणना गर्न लागिएको हो।चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गैंडा गणना थालिनेछ। गणनामा प्रयोग गर्न ४० वटा हात्ती तयारी अवस्थामा राखिएको छ। गणनाका लागि चाहिने गणक, हात्ती र प्राविधिकसहित बन्दोबस्तीको सामग्री तायरी अवस्था रहेको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख अणनाथ बरालले जानकारी दिए।राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना सुरु गरिँदैछ। गणनामा ४० जना